बाढीले पुल बगाउँदा मनाङ जान मुस्किल, ढुवानी नै रोकियो

बाढीले पुल बगाउँदा मनाङ जान मुस्किल, ढुवानी नै रोकियो

बेसीसहर : हिमाली जिल्ला मनाङ र लमजुङ जोड्ने म्यार्दीखोलाको बेलिब्रिज बाढीले बगाएपछि मनाङमा ढुवानी ठप्प भएको छ ।

मनाङ जाने एक मात्र बेसीसहर–चामे सडकमा रहेको उक्त पुल बगाएपपछि खाद्यान्यलगायत निर्माण सामाग्री मनाङमा भित्रन नसकेको हो । असार ८ गते दिउँसोको भीषण बाढीले पुल बगाएको थियो ।

सडक सञ्चालन हुन नसक्दा दैनिक रुपमा आउ–जाउ गर्न समेत मुस्किल भएको स्थानीयको गुनासो छ । चामेका पाल्साङ गुरुङका अनुसार ६ दिनदेखि मनाङमा सामान ढुवानी हुन सकेको छैन । पसल सञ्चालकले पनि थप सामान ल्याउन सकेका छैनन् ।

लमजुङको बेसीसहर, पोखरा, काठमाडौंलगायत ठाउँबाट खाद्यान्न, तरकारी, फलफूल, मासुजन्य वस्तु साथै निर्माण सामाग्री ढुवानी गर्दै आएका स्थानीय सडक बन्द भएपछि समस्यामा परेका छन् ।

डिभिजन सडक कार्यालय दमौलीका डिभिजन इन्जिनियर विष्णुप्रसाद काफ्लेका अनुसार म्यार्दीखोलाको वारी र पारी डोजर लगाएर भासिएको ठाउँ पुर्ने काम भइरहेको छ । छिट्टै बेलिब्रिज निर्माणको काम सुरु गरिने उनले बताए । उनले भने, ‘प्राविधिकले अध्ययन गरेर आएको छ । मानिस हिँड्नका लागि बाटो बनाउँदैछौँ, बेलिब्रिजको काम पनि छिटै सुरु गर्छौँ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.