ग्रीनहाउस परिसरमा उपराष्ट्रपतिको श्रम (तस्बिर)
काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ग्रीनहाउस परिसरको सरसफाईमा सहभागी भएका छन्। पुनले शुक्रबार बिहान उपराष्ट्रपतिको भवन र ग्रीनहाउस परिसर सहयोगी र सुरक्षाकर्मीको साथमा सरसफाई गरेका हुन्।
उपराष्ट्रपति पुनले महिनामा एक दिन श्रममा खट्ने बताएका छन्। सोही अनुसार शुक्रबार ग्रीनहाउस परिसरमा श्रम गरेको उपराष्ट्रपति कार्यालयले जनाएको छ। तस्बिर सौजन्य : उपराष्ट्रपतिको निजी सचिवालय