किशोरीलाई कुटेको भिडियो भाइरल भएपछि कथित ‘धर्तीमाता’ पक्राउ
काठमाडौं : आफूलाई धर्तीमाता बताउने गुल्मी घर भएर बुटवल बस्ने विष्णु कुँवरलाई प्रहरीले पक्राउ गरेको छ। गत साता भद्रकाली मन्दिरमा एक किशोरीमाथि अभद्र व्यवहार र कुटपिट गरेकी कुँवरलाई शुक्रबार बिहान बालाजुबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
कुँवरले युवतीमाथि कुटपिट गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो। कुँवरले युवतीमाथि कुटपिट गर्दा हेरेर बसेका दुई प्रहरीलाई विभागीय कारबाही हुने भएको छ।
महानगरीय प्रहरी परिसर टेकुको हिसरातमा राखिएकी कुँवरले आफूलाई प्रहरीले घोर अन्याय गरेको भन्दै आक्रोश पोखेकी थिइन्।