कथित ‘धर्तीमाता’ पक्राउ पर्दा प्रहरी हवल्दार नै काप्न थालेपछि..

कथित ‘धर्तीमाता’ पक्राउ पर्दा प्रहरी हवल्दार नै काप्न थालेपछि..

काठमाडौं : आफूलाई धर्तीमाता बताउने गुल्मी घर भएर बुटवल बस्ने विष्णु कुँवरलाई प्रहरीले पक्राउ गरेको छ। गत साता भद्रकाली मन्दिरमा एक किशोरीमाथि अभद्र व्यवहार र कुटपिट गरेकी कुँवरलाई शुक्रबार बिहान बालाजुबाट प्रहरीले नियन्त्रणमा लिएको हो। 

कुँवरले युवतीमाथि कुटपिट गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो। कुँवरले युवतीमाथि कुटपिट गर्दा हेरेर बसेका दुई प्रहरीलाई विभागीय कारबाही हुने भएको छ। महानगरीय प्रहरी परिसर टेकुको हिसरातमा राखिएकी कुँवरले आफूलाई प्रहरीले घोर अन्याय गरेको भन्दै आक्रोश पोखेकी छन्। प्रहरीले उनीमाथि अनुसन्धान सुरु भएको बताएको छ।

महिला हवल्दारलाई नै काम छुटेपछि..

शुक्रबार कथित धर्तीमातालाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरिरहेको थियो। तर, भिडियोमा किशोरीमाथि कुटपिट हुँदा देखिएकी हवल्दार एकाएक काप्न थालिन्। भर्खरै काठमाडौं दरबन्दी भएर आएकी महिला हवल्दार पूजापाठका लागि भद्रकाली पुगेका बेला कथित धर्तीमाता कुँवरलाई देखेकी थिइन्। 

ती हवल्दार र कुँवरबीच पहिल्यै चिनजान र भेटघाट हुँदै आएको खुलेको छ। भिडियोमा हवल्दारकै सामु किशोरीमाथि निर्घात कुटपिट हुँदा मुकदर्शक भएर बसेपछि उनलाई विभागीय कारबाही गर्ने निर्णय प्रहरीले लिइसकेको छ। 

अनुसन्धानका लागि काठमाडौं परिसर झिकाइएकी हवल्दार शुक्रबार एकाएक काप्न थालेपछि प्रहरी चकित पर्यो। लगत्तै ति हवल्दारलाई उनको दरबन्दी भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पुर्याइयो। प्रहरी स्रोतका अनुसार ति हवल्दार मानसिक रुपमा विक्षिप्त छन्। 

प्रहरी स्रोतका अनुसार ति हवल्दार धर्ममा बढी आस्था राख्छिन्। त्यही आस्थाकै आधारमा उनले कथित मातालाई पटकपटक भेटेको देखिन्छ। शुक्रबार बिहान प्रहरीले मातालाई पक्राउ गरेर ल्याएको देखेपछि आफूलाई देउता चढेको भन्दै ति हवल्दार काप्न थालेकी थिइन्। काप्ने र बरबरराउने गरेपछि तत्कालै परिसरबाट महाराजगञ्ज पठाइएको थियो। 

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार हवल्दारमा अचानक देखिएको फरक रुपबारे समेत अनुसन्धान सुरु भएको छ। हवल्दारको नाम भने गाेप्य राखिएकाे छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.