गर्भावस्थामा अल्ट्रासाउन्ड
डा. निर्मलप्रसाद न्यौपाने । अल्ट्रासाउन्ड, सिटिस्क्यान, एमआरआई, पेट स्क्यानको आविष्कारपछि यसको उपयोग बढ्दै गएको छ। विभिन्न समस्याबारे जानकारी लिन सजिलो भएको छ। गर्भावस्थामा रेडियोलोजी सेवा लिने महिला धेरै छन्। गर्भावस्थामा भ्रुणको अवस्था अल्ट्रासाउन्डबाट थाहा पाउन सकिन्छ।
शिशु जन्माउनुअघि आएकी एक महिलाको शिशुको घाँटीमा साल बेरिएको पाइयो। तीनचोटि साल बेरिएको अवस्थामा नर्मल डेलिभरी गर्दा समस्या हुन सक्थ्यो। अल्ट्रासाउन्ड गराउनुको फाइदा घाँटीमा साल बेरिएको पत्ता लाग्यो। डेलिभरीका बेला आमा र बच्चा दुवैको अवस्था पहिचान गर्न सकिन्छ।
डाउन सिन्ड्रोमको अवस्था छ भने शारीरिक संरचनाबारे थाहा पाउन सकिन्छ। तर, मानसिक अवस्थाबारे पत्ता लगाउन सकिँदैन। अल्ट्रासाउन्डले तन्तुमा हिट डिपोजिट गर्न सक्छ। तर, स्वास्थ्यमै असर पार्दैन। गर्भावस्थामा कुनै खतरा हुँदैन भनेर महिनैपिच्छे अल्ट्रासाउन्ड गर्ने भन्ने पनि होइन। तर, ज्यानै बचाउनुपर्ने अवस्थामा चाहिँ अनिवार्य गराउनु पर्छ।