बैतडीमा किसानलाई आधुनिक कृषि उपकरण वितरण
बैतडी : बैतडीको पाटन नगरपालिका कार्यालयले स्थानीय कृषि समूहहरुलाई कृषि उपकरण वितरण गरेको छ ।
६ नम्बर वडाका अध्यक्ष राजेन्द्रसिंह विष्टका अनुसार नगरपालिकाले ६ नम्बर वडामा रहेका ७ ओटा कृषि समूहलाई ५१ प्रतिशत अनुदानमा धान तथा गहुँ चुट्ने मेसिन थ्रेसर र हातेट्याक्टर वितरण गरेको हो ।
‘किसानको समयको बचत र कृषि कर्ममा सहजता होस् भन्ने उद्देश्यले कृषि उपकरण वितरण गरेका हौँ,’ अध्यक्ष विष्टले बताए । श्रीकृष्ण तरकारी तथा खाद्य समूह, हरियाली महिला कृषक समूह र सिद्धनाथ कृषक समूहलाई हातेट्याक्टर वितरण गरिएको बताइएको छ । यस्तै सहस्त्रलिंग कृषि समूह, कैलपाल कृषि समूह, प्रगतिशील उपभोक्ता समूह र नागार्जुन कृषि समूहलाई हाते ट्याक्टर वितरण गरिएको हो ।