उद्योग वाणिज्य संघका महासचिवको गोदाममा राजश्वको छापा

उद्योग वाणिज्य संघका महासचिवको गोदाममा राजश्वको छापा

भैरहवा : राजश्व अनुसन्धान कार्यालय बुटवलले सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव नेत्र आचार्यको गोदाममा छापा मारेको छ।

यसअघि पनि प्रहरीले उनको गोदाममा छापा मारेर राजश्व छलीको ठूलो परिमाणमा खाने तेल बरामद गरेको थियो। तर, त्यती बेला उनलाई स्थानीय प्रशासनले सेटिङका आधारमा पुरा छुट दिएर उनमुक्ति दिएको थियो।

न्यु पवित्रा स्टोरका संचालक आचार्यले राजश्व छली गरेको आशंकामा उनको गोदाममा छापा मारिएको राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय रानाले जानकारी दिए। उनले सम्बन्धित फर्मको खरिद, विक्री, स्टक खातासहितका कागजपत्र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए।

‘प्रहरीको सूचनाको आधारमा हामीले गोदाममा छापा मारेका हौँ’, प्रमुख रानाले भने, ‘सम्भव भए आज नभए भोलि गोदाममा रहेको साम्रगीको जाँच सुरु गर्छौँ।’

‘भारतबाट भन्सार छलेर आचार्यको गोदाममा खाद्यन्न साम्रगी डम्प गर्ने गरिएको हामीलाई सूचना आइरहेको थियो’, प्रहरी स्रोतले भन्यो, ‘सोही सूचनालाई पछ्याउँदै चिनी बरामद गरेका हौँ। त्यसपछि राजश्व अनुसन्धानले पनि छापा मारेर थप अनुसन्धान सुरु गरेको हो।’

शुक्रबार साँझ भन्सार छलेर भित्र्याएको अढाई कुविन्टल चिनी आचार्यको गोदाममा राख्न लागिएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ। साथै, गोदामसम्म चिनी पुर्याउने ठेला चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी स्रोतका अनुसार भारतबाट भन्सार छलेर साइकल-मोटरसाइकलमा चिनी भित्र्याउने त्यसपछि ठेलामा हालेर गोदामसम्म पुर्याउने गरिएको थियो। भारतमा प्रति केजी ६१ रुपैयाँ रहेको चिनीको थोक मूल्य यहाँ ६७ रुपैयाँ विक्रीवितरण हुने गर्दछ।

आचार्यले भारतीय सीमावर्ती बजार सुनौलीको दुई नम्बर गल्लीमा रहेको दिपेश सिंहको पसलबाट चिनीको कारोबार गर्दै आएको स्रोतले बतायो। 

विगत १०-१२ वर्ष देखि सुनौलीमा कारोबार गर्दै आएका सिंह जनकपुरका बासिन्दा हुन्। सिंहकै भरियाले आचार्यको चिनी भन्सार छलेर बेलहिया र केवटलिया नाकाबाट नेपालसम्म पुर्याउने गरेको स्रोत बताउँछ। यता संचालक आचार्यले आफूलाई फसाइएको दाबी गरेका छन्। गोदाममा छापा हाने लागत्तै आचार्यलाई पुनः उनमुक्ति दिलाउनका लागि खेल सुरु भइसकेको बुझिएको छ।

गोदाममा छापा हानेर कागजपत्र नियन्त्रणमा लिएपश्चात पनि राजश्व कार्यालय बुटवलले आफ्नो विभागको डीजी दीर्घराज मैनालीलाई घटनाबारे जानकारी गराएको थिएन।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.