१० लाख सूर्य अटाउन सक्ने ब्ल्याक होल

१० लाख सूर्य अटाउन सक्ने ब्ल्याक होल

भाइबहिनीहरू, आज हामीले ब्ल्याक होल के हो र यो कसरी बन्छ भन्नेबारेमा जानकारी दिँदै छौं। ब्रह्माण्डको चमत्कारपूर्ण गुरुत्वाकर्षण (दुई वा सोभन्दा बढी आकाशीय पिण्डहरूमा एकअर्काबीच उत्पन्न हुने आकर्षण बल) शक्ति भएको अदृश्य क्षेत्रलाई ब्ल्याक होल भनिन्छ। यसलाई नेपालीमा कालो छिद्र पनि भनिन्छ।

ब्ल्याक होलले जस्तोसुकै वस्तुलाई पनि बेपत्ता पारिदिन सक्छ। यसमा कति धेरै गुरुत्वाकर्षण हुन्छ भने प्रकाशको उज्यालो पनि बाहिर जान सक्दैन। त्यसैले यसको रङ कालो देखिन्छ।

जब एउटा विशाल तारा आफ्नो ऊर्जाले सूर्यको वरिपरि परिक्रमा गर्छ। त्यो ऊर्जा कम भएपछि यसको तौल घट्छ। तारामा रहेको हाइड्रोजनको विशाल तहले चाप सिर्जना गर्दै तारालाई सानो बनाउँदै लैजान्छ। फलस्वरूप तारा एउटा परमाणुभन्दा पनि सानो बन्न पुग्छ। यस्तो अवस्थामा ताराले एउटा सानो परमाणुभन्दा पनि कम स्थान ओगट्छ। यो कालो छिद्र हो। हालसम्म गरिएका अनुसन्धानहरूमा ठूलठूला ताराहरूको जीवनचक्र सकिएपछि उनीहरू ब्ल्याक होलमा परिणत हुन्छन्।

भाइबहिनी हो, कालो रङकै कारण यसलाई वैज्ञानिकले ब्ल्याक होल भन्छन्। वैज्ञानिकहरूले ब्ल्याक होललाई ‘मोन्स्टर’ अर्थात् राक्षस पनि भन्ने गरेका छन्।

यहाँ पुगेपछि कुनै पनि वस्तु बाहिर आउन सक्दैन। त्यसैले यो क्षेत्रलाई ‘प्वाइन्ट अफ नो रिटर्न’ पनि भनिन्छ। वैज्ञानिकका अनुसार अन्तरिक्षमा रहेका उच्च घनत्व भएका पिण्डबाट ब्ल्याक होल निर्माण हुन्छ। पृथ्वीमा हुने एक मिलिग्राम तौल ब्ल्याक होलमा एक करोड किलो वा त्योभन्दा धेरै हुन सक्छ।

ब्ल्याक होलमा सजिलै २० वटा सूर्य अटाउन सक्ने क्षमता हुन्छ। कालो छिद्रको नाम सन् १९६७ मा प्रिन्सटनका भौतिकशास्त्री जोन अर्चिबाल्ड ह्विलरले राखेका हुन्। हामीले कालो छिद्र देख्न सक्दैनौं। वैज्ञानिकहरूले पनि टेलिस्कोपबाट प्रत्यक्ष रूपमा यसको अवलोकन गर्न मिल्दैन। किनभने यसले विद्युतीय चुम्बकीय विकिरण पैदा गर्छ।

खगोलविद्हरूले ब्ल्याक होलको फोटो समेत सार्वजनिक गरिसकेका छन्। प्रसिद्ध भौतिकशास्त्री स्टिभन हकिङ्सले ब्ल्याक होलबारे अनुसन्धान गरेका थिए। उनले सन् १९७४ मा ब्ल्याक होलबाट ‘हकिङ विकिरण’ निस्किने सिद्धान्तको प्रतिपादन गरेका थिए। अल्वर्ट आइन्सटाइनले पनि यसबारे अनुसन्धान गरिसकेका थिए।

ब्ल्याक होल तीन प्रकार हुन्छन्। सबैभन्दा सानो ब्ल्याक होललाई प्राइमरी ब्ल्याक होलका रूपमा चिनिन्छ। यस्तो ब्ल्याक होल परमाणुजत्तिकै सानो हुन्छ।

मध्यम प्रकारको ब्ल्याक होललाई स्टेलर भनिन्छ। एउटा स्टेलर ब्ल्याकहोल सूर्यभन्दा बीस गुना ठूलो हुन सक्छ। सबैभन्दा ठूलो ब्ल्याक होललाई सुपरम्यासिभ भनिन्छ। यो ब्ल्याक होलमा १० लाखभन्दा बढी सूर्य अटाउन सक्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.