६ वर्षको उमेरेदेखि टेनिसमै

६ वर्षको उमेरेदेखि टेनिसमै

सुनिता न्याैपाने । मुस्लिम देशहरूमा महिलालाई घरमा सजाएर राख्ने वस्तुका रूपमा हेरिन्छ। ती देशमा महिलालाई बुर्का नलगाई हिँड्न प्रतिबन्ध छ। तर जब महिला आफ्नो क्षमताका कारण चर्चित हुन्छन्, उनीहरूको ख्याति विश्वमा फैलन्छ। त्यस्तै एक उदाहरण हुन्, सानिया मिर्जा। उनले भारतीय खेलजगत्मा तहल्का मच्चाइन्। उनी पहिलो भारतीय महिला टेनिस खेलाडी हुन्।

उनको जन्म सन् १९८६ मा मुम्बईमा भएको थियो। उनका बाबु क्लब क्रिकेटर थिए। उनको बाल्यावस्था साधारण बालबालिकाको जस्तै रह्यो। मध्यम वर्गकै परिवार थियो। पढाइमा पनि उनी मेहनती छात्रा थिइन्। उनका बाबु मुम्बईबाट हैदराबाद बसाइँ सरे। नयाँ स्कुलमा उनका साथीहरू कोही थिएनन्। स्कुल एक्लै जाने, एक्लै बस्ने गर्थिन् उनी सुरुसुरुमा। त्यति बेलासम्म उनी कुनै पनि खेलमा चासो राख्दैनथिन्।

एक दिन स्कुलका प्रिन्सिपलले उनलाई टेनिस खेल्न अह्राइन्। सुरुमा त उनी डराइन्। जब उनले टेनिस ब्याट समाइन्, तब आफूमा केही विशेष क्षमता छ भन्ने थाहा पाइन्। त्यसपछि विस्तारै खैल्दै गइन्। जब उनी छ वर्षकी भइन्, उनले पूरै समय टेनिस खेल्न थालिन्।

अरू मानिसले उनलाई बाहिर नखेल, काली हुन्छौ भन्थे। काली भयौ भने विवाह कसले गर्छ भन्दै उनलाई खेल्न रोक्थे। उनले सबैका कुरा त सुनिन् तर खेल कहिल्यै छाडिनन्। १२/१३ वर्ष पुगेपछि टेनिसलाई करिअरका रूपमा अडाडि बढाउने निर्णय गरिन्। उनका बाबुसँग धेरै पैसा थिएन। त्यसैले उनका लागि राम्रो कोचको व्यवस्था गर्न उनले सकेनन्। उनका बाबु पनि खेलमा रुचि राख्ने हुनाले सुरुमा उनले बुवाबाटै ट्रेनिङ लिइन्।

भनिन्छ, गुरुले नै शिष्यको सफलता निर्धारण गर्छन्। बाबुले सानियामा टेनिस खेल्ने जुन आँट र क्षमता देखे, उनी निकै प्रभावित भए। त्यसैले उनले व्यावसायिक प्रशिक्षक ल्याएर उनलाई तालिम दिन थाले।

उनले क्लब टुर्नामेन्टको राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल खेलिन्। धेरै खेल जितिन् पनि। उनी सानो सहरबाट टेनिस खेल्न आएकी थिइन्। त्यति बेला टेनिस भारतमा चर्चित पनि भएको थिएन। अभ्यासका लागि स्टेडियम पनि थिएन। तर उनले मेहनत गरिन्। सन् १९९९ मा उनले जुनियर स्तरमा पहिलोपटक भारतको प्रतिनिधित्व गरिन्। १५ वर्षमा पहिलोपटक उनी सेमिफाइनलमा पुगिन्।

मुस्लिम समुदायमा महिलाले बुर्का लगाउने परम्परा छ। सानिया बुर्का नलगाई छोटो स्कर्ट लगाएर खेल्थिन्। छोटो स्कर्ट लगाएर खेल्दा उनलाई कतिपय मुस्लिम समुदायका मानिसले मन पराएनन्। उनको कपडा धर्मविरोधी भयो भनियो। सन् २००५ मा मुस्लिम समुदायले उनको खेलविरुद्ध मुद्दा पनि जाहेर गरेका थिए। पछि उनलाई खेल्ने समय कपडाको ध्यान दिएर खेल्न आदेश दिइयो।

विभिन्न विवादका बीच पनि उनले खेल्न छाडिनन्। टाइम्स पत्रिकाले सन् २००५ मा एसियाका पचास हिरोको सूचीमा उनलाई पनि राखेको थियो। उनले भारत सरकारबाट दिइने पद्मभूषणलगायत थुप्रै पुरस्कार पनि जितेकी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.