रोबोटको ग्याङ

रोबोटको ग्याङ

भाइबहिनी हो, तिमीहरूले आजसम्म धेरै कार्टुन हेरेका छौ होला। रस्टी रिभर्ट्स कार्टुन हेर्‍यौ त ? यो नयाँ कार्टुन हो। यो प्रसारण हुन थालेको करिव दुई वर्षजति मात्र भयो।

रस्टी रिभटर्स एक क्यानेडियन एनिमेटेड टेलिभिजन सिरिज हो। यसलाई आर्क प्रोडक्सन र स्पिन मास्टर इन्टरटेन्मेन्ट कम्पनीले निर्माण गरेका हुन्। यो सर्वप्रथम क्यानडाको ट्री हाउस र अमेरिकाको निकलोडियन टेलिभिजनबाट प्रसारण भएको हो। यसमा मानिसभन्दा पनि रोबोटहरू पात्रका रूपमा आएका छन्। विज्ञान र प्रविधिले के कस्ता काम गर्न सकिन्छ भन्ने यस कार्टुनमा देखाइएको छ। यसमा भएका गतिविधिहरू मानिसले भन्दा रोबोटहरूको प्रयोगले भएको पाइन्छ।

यसको निर्देशन ब्राड फोरगुसनले गरेका हुन्। लेखन जोसुवा र माइकल ओहेरले गरेका हुन्। यो कार्टुनले विज्ञान र प्रविधिसँग सम्बन्धित विभिन्न अवधारणालाई एकदमै आकर्षक ढंगले देखाएको छ। कार्टुनको कथावस्तु र पात्रको परिचय यस प्रकार रहेको छ।

कार्टुनमा रस्टी रिभर्ट्स नामक एक केटा हुन्छ। ऊ नै यसकोे मुख्य पात्र हो। यसको पूरै कथा उसकै वरिपरि घुमेको छ। खासमा ऊ एउटा इन्जिनियर हो। उसले आफूमा भएको इन्जिनियरिङको ज्ञानलाई विभिन्न खालका मेसिन बनाउन, त्यसको मूल्यांकन गर्न र विभिन्न खालका वस्तु तथा रोबोटहरू बनाउन प्रयोग गर्छ।

ऊ स्पार्कटज हिल्सको एक सहरमा बस्छ। ऊ रुबी रेइमरेज, बोटसौर नामक एक रोबोट र बिट्स नामक समूहका साना साना रोबोटहरूसँग बस्छ। यी सबै उसका साथीहरू हुन्।

कार्टुनमा उसका साथी र दुस्मन गरी २० भन्दा बढी पात्र छन्। तिनीहरू कस्ता छन् र के गर्छन्, तल छोटो जानकारी दिइएको छ।

रस्टी रिभर्ट्स : रस्टी रिभर्ट्स यो सिरिजको नायक हो। ऊ एक इन्जिनियर हो। उसको आफ्नो छुट्टै प्रयोगशाला छ। ऊ रोस्टन रिभर्ट्सको नाति हो भने उसको आमाको नाम निकी फेलस्टिड हो।

रुबी रेइमरेज : रेइमरेज रस्टीको बेस्ट फ्रेन्ड हो। यी दुई एकदमै बढी मिल्छन्। रेइमरेजले जहिले पनि एउटा ट्याब्लेट कम्प्युटर बोक्ने गर्छ। त्यो ट्याब्लेटले उसले अरू साना साना बिट्सहरूलाई काम गर्न निर्देशन दिन्छ।

फ्रान्की फ्रिट्ज : फ्रिट्ज यो कार्टुनको खलनायक हो। ऊ रस्टी र रुबीको प्रतिद्वन्द्वी हो। दुश्मन हो। फ्रिट्ज मौका पाएको बेलामा रस्टीलाई मार्न खोज्छ र आफूलाई महान् इन्जिनियर सावित गर्न खोज्छ। त्यसैले रस्टी र फ्रिट्जको बीचमा झगडा हुन्छ।

फ्रैंकफोर्ड : कार्टुनको अर्को खल पात्र फ्रैंकफोर्ड हो। यो फ्रान्किको बेस्ट फ्रेन्ड पनि हो। यसले फ्रान्किलाई कसैले आक्रमण गर्दा सहयोग गर्छ। आफ्नो ज्यानलाई दाउमा राखेर उसलाई बचाउँछ।

रे : रे बिट्सको एक सदस्य हो। उसको रंग रातो हुन्छ। एउटा मात्र आँखा छ। त्यो आँखाले टर्चको काम गर्छ।

ह्वायर्ली : यो पनि एउटा सानो रोबोर्ट हो। यसको रङ गुलाबी छ। उसको एक जोडी हुन्छ। यो ‘ह्युमिङ बर्ड’जस्तो देखिन्छ।

क्रस : यसको आकार सुन्तलाजस्तै छ। यो पनि बिट्सको सदस्य हो। यसले साना–साना वस्तुलाई पनि समात्न र कोपर्न सक्छ।

ज्याक : यो एकदमै आज्ञाकारी पात्र हो। यो क्युब आकारको छ। यसले वस्तुहरूलाई यताउता सार्न सक्छ।

बोटासोर : यो रस्टी टिमको सबैभन्दा अग्लो सदस्य हो। यसले रस्टी अप्ठ्यारोमा पर्दा सहयोग गर्छ।

बोटारिल्ला : बोटारिल्ला रस्टीको रोबोटिक गोरिल्ला हो। यो रूखमा चढ्न सक्छ।

टाइगरबोट : यो रस्टीको रोबोटिक बाघ हो। यो आफ्नो पञ्जाको सहाराले रूखमा चढ्न सक्छ।

इलिफेन्टबोट : यसले आफ्नो सुँडको सहयोगले पानी फाल्छ। यो पनि रस्टीको रोबोटिक हात्ती हो।

बाइट्स : यो रस्टीको रोबोटिक कुकुर हो। यसले भुकेर संवाद वा कुराकानी गर्न सक्छ। यसले कुनै मिसन वा युद्धमा भाग लिँदैन।

लेम : लेम खैरो कपाल भएको एक जवान पात्र हो। ऊ उद्धार गर्ने काममा सक्रिय हुन्छ।

इमिली : इमिली यो कार्टुनको नयाँ पात्र हो। उनी दोस्रो सिजनमा देखा परेकी हुन्। इमिली लेमको बेस्ट फ्रेन्ड हुन्।

अफसर कार्ल : उनी एक पुलिस अधिकारी हुन्।

त्यसैगरी यसमा रेन्जर आना, चेफ बेटी, सम्मी स्कुप्स, समान्था, मिस्टर हिगिन्स आदि पात्रहरू रहेका छन्। यो अंग्रेजी भाषाको कार्टुन हो। यसलाई हेर्दा एकदमै रमाइलो लाग्छ।

यसलाई अझै रमाइलो र मिठास बनाउन पिटर निज्जोले संगीत भरेका छन्। यो कार्टुनको प्रति एपिसोड ११ मिनेटका छन्। अहिले यसको दोस्रो सिजन चलिरहेको छ। अहिलेसम्म ५२ भन्दा बढी एपिसोड प्रसारण भइसकेका छन्। सन् २०१६ नोभेम्बरमा पहिलोपटक प्रसारण आरम्भ भएको यो कार्टुन आजसम्म निरन्तर चलिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.