पालुङटारमा दाँदे लगाउँदै बाबुराम (फोटो फिचर)
काठमाडौं : आज असार १५। धेरै किसानहरूले धार रोप्दै मुलुकभर धान दिवस मनाएका छन्। आजकै दिन धान रोप्दै हिलो खेल्ने चलन पनि छ।
आम किसानमात्र होइन, राष्ट्रिय जीवनका चर्चित पात्रहरू पनि आजका दिन रोपाईँमा रमाउँछन्।
पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि आफ्नो गाउँमा असार गरेको फोटो फेसबुकमा राखेका छन्।
पालुङटार नगरपालिका, खोप्लाङस्थित ज्यतिचौतारामा बाबुराम किसानहरूसँगै रोपाईँमा सहभागी भएका समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए।
हेर्नुस् उनले फेसबुकमा राखेका फोटोहरूः