विरोध प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एकको मृत्यु

विरोध प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एकको मृत्यु

मलंगवा : सर्लाहीमा स्थानीयवासीको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको छ। शनिबार भएको एक घटनापछि आक्रोशित ईश्वरपुर नगरपालिकाका स्थानीयवासीले आइतबार दिउँसो त्यसको विरोधमा जक्काजाम आयोजना गरेका थिए।

जक्काजामका कारण बढेको तनावबीच प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा एकजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनामा एक स्थानीय घाइते भएको प्रहरीले दाबी गरेको छ। तर प्रत्यक्षदर्शीहरूले १०/१२ जना घाइते भएको बताएका छन्।

के हो घटना ?

शनिबार बाँके खोलामा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको थियो। यही घटनाको विरोधमा चक्काजाम गर्न पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँके खोला पुगेका प्रदर्शनकारी र प्रहरीबीच आज दिउसो ३ बजेतिर झडप भएको थियो।

मापदण्डविपरीत बाँके खोलामा ढुङ्गा गिट्टी निकाल्ने क्रममा बनेको खाल्डोमा डुबी शनिबार स्थानीय लाले रायका अन्दाजी १२ वर्षीय छोरा अमित रायको मृत्यु भएपछि स्थानियवासी आक्रोशित बनेका थिए।

झडपमा ईश्वरपुर नगरपालिका १३ का अन्दाजी २५ वर्षीय सरोजनारायण महतो (देवन) को मृत्यु भएको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले पुष्टि गरे। उनले एकजना स्थानीय घाइते भएको बताए।

उनका अनुसार ११ जना नेपाल प्रहरी र ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्। तर प्रत्यक्षदर्शी गंगा महतोले घटनामा १०/१२ जना घाइते भएको बताए।  

यता प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले प्रहरीमाथि प्रदर्शनकारीले ढुङ्गा बर्साउन थालेपछि आत्मरक्षाको लागि प्रहरीले गोली चलाएको दाबी गरेका छन्। उग्र बनेको भिडलाई राजमार्गबाट हटाउनका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको तर प्रदर्शनकारी झन् उग्र बन्दै ढुङ्गामुढा गर्न थालेपछि बाध्य भएर प्रहरीले गोली चलाएको उनको दाबी छ।

प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट एकजना प्रहरीको दाँत समेत भाँचिएको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए।

मृतकको शव सर्लाही अस्पताल मलंगवामा छ। प्रदर्शनकारीले शनिबार मृत्यु भएका बालकको शव नै लिएर प्रदर्शन गरिरहेका थिए। अहिले प्रहरीले ती बालकको शव पनि अस्पतालमै ल्याएको छ।

घाइतेहरूको लालबन्दी र जनकपुरमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.