एकातिर कामको चटारो, अर्कोतिर हिलो छ्याप्ने हतारो (फोटो फिचर)
धादिङ : आइतबार धान दिवसको अवसरमा देशका विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरिएको छ। धादिङमा विशेष ढंगले धान दिवस मनाइएको छ।
हिलोमा धान रोप्ने चटारो किसानलाई भइरहेका बेला बालबालिका र युवायुवती भने हिलो र पानी छ्याप्न व्यस्त देखिन्थे। २०६१ देखि असार १५ लाई सरकारले धान दिवसको रुपमा मनाउने निर्णय गरेको थियो। त्यसपछि हरेक वर्ष असार १५ मा देशभर महोत्सवको रुपमा धान रोप्ने चलन बढ्दै गएको छ। आइतबार धादिङ पुग्दा जे देखियो त्यही खिचियो :