भारतमाथि इङ्ल्यान्डको जित

भारतमाथि इङ्ल्यान्डको जित

लन्डन : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा आयोजक इङ्ल्यान्डले जित हात पारेको छ । एजबास्टनमा भएको खेलमा इङ्ल्यान्डले अपराजित रहेको भारतलाई ३१ रनले पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना जीवितै राखेको हो ।

इङ्ल्यान्ड आठ खेलबाट १० अंक बनाउँदै तालिकाको चौथो स्थानमा उक्लिएको छ । इङ्ल्यान्डले अन्तिम खेलमा बुधबार न्युजिल्यान्डको सामना गर्नेछ । विश्वकपमा सात खेल मात्रै खेलेको भारतले भने बंगलादेश र श्रीलंकासँग खेल्न बाँकी छ । भारतले सात खेलबाट ११ अंक जोडेको छ ।

इङ्ल्यान्डले दिएको ३३८ रनको विशाल लक्ष्य पछ्याएको भारतले पूरै ओभर खेल्दै पाँच विकेट गुमाएर ३०६ रन मात्र बनाउन सक्यो । भारतका लागि प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले शतकीय पाली खेले । उनले १०९ बलमा १५ चौकाको मद्दतमा १०२ रन बनाए । यसैगरी कप्तान विराट कोहलीले पनि अर्धशतक बनाए । उनले ६६ रन बनाए ।  हार्दिक पाण्ड्याले ४५, महेन्द्रसिंह धोनीले ४२, रिषभ पन्तले ३२ र केदार जाधवले १२ रन बनाए । इङ्ल्यान्डका लियाम प्लुनकेटले तीन विकेट लिए । यस्तै क्रिस वाक्सले पनि दुई विकेट हात पारे ।

यसअघि एजबास्टनमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली इङ्ल्यान्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३३७ रन बनायो । इङ्ल्यान्डका जोनी बेयरस्टले शतक तथा जासन रोय र बेन स्टोक्सले अर्धशतक बनाए ।

प्रारम्भिक ब्याट्सम्यान बेयरस्टले आक्रामक ब्याटिङ गर्दै १११ रन बनाए । उनले १०९ बलमा ६ छक्का र १० चौका हिर्काए । यसैगरी स्टोक्सले ७९ र रोयले ६६ रन बनाए । स्टोक्सले ५४ बलमा तीन छक्का र ६ चौका तथा रोयले ५७ बलमा दुई छक्का र सात चौका हिर्काए । यसैगरी जोय रुटले ४४ र जस बटलरले २० रन बनाए ।

भारतका मोहमद सामीले पाँच विकेट लिए । यसैगरी जसप्रीत बुमराह र कुलदीप यादवले एक/एक विकेट हात पारे । यो सँगै यस विश्वकपमा भारतको अपराजित यात्रा टुंगिएको छ । हालसम्म भारत मात्रै अपरािजत टोली थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.