टीट्वेन्टी विश्वकप छनोट खेल्न नेपाली टोलीको घोषणा

टीट्वेन्टी विश्वकप छनोट खेल्न नेपाली टोलीको घोषणा

काठमाडौं : सिंगापुरमा जुलाई २० देखि २८ तारिखसम्म आयोजना हुने आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगिताका लागि आइतबार नेपाली टोलीको घोषणा गरिएको छ । भारतीय प्रशिक्षक उमेश पटवालले नियमित कप्तान पारख खड्काको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

पछिल्लो एक महिना नेपाली टोलीलाई नयाँ प्रशिक्षक पटवालले प्रशिक्षण दिएका छन् । टोलीमा चारजना वैकल्पिक खेलाडी पनि राखिएको छ । टोलीमा ६ महिनादेखि बाहिर रहेका शरद भेषावकरले स्थान बनाएका छन् । यसअघि यूएईसँगको खेलमा टोलीमा परेका आरिफ शेख भने यसपटक बाहिरिएका छन् ।

नियमित खेलाडीकै वर्चस्व रहेको टोलीका खेलाडीहरूमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, पवन सर्राफ, अभिनाश बोहोरा र प्रदीप ऐरी छन् । चार वैकल्पिक खेलाडीमा आरिफ शेख, जितेन्द्र मुखिया, कुशल भुर्तेल र सुशन भारी रहेका छन् ।

छनोट प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, कुवेत, मलेसिया र कतारगरी पाँच राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । नेपालले जुलाई २३ मा कतारसँग समूह चरणको पहिलो खेल खेल्नेछ । राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष टोली अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।

ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ । त्यसमा शीर्ष ६ मा रहने टोलीले सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टीट्वेन्टी विश्वकप खेल्न पाउनेछ । नेपालले विश्वकप छनोटको तयारीका लागि मलेसियासँग जुलाई १३ र १४ तारिख दुईवटा टीट्वेन्टी खेल खेल्नेछ । नेपाली टोलीका कप्तान पारस खड्काले विश्वकप खेल्नका लागि पछिल्लो समय नेपाली खेलाडीले राम्रो मिहिनेत गरेको बताए ।

‘हामीले नेपाली क्रिकेटलाई माथि लैजान सक्दो प्रयास गरिहरेका छौं । विश्वकप खेल्ने सबैको चाहना हुन्छ । त्यसलाई पूरा गर्न मलेसियामा गरिने तयारी पनि महत्वपूर्ण हुनेछ,’ खेलाडी घोषणा कार्यक्रममा पारसले भने । यसैगरी नेपाली टोलीका प्रशिक्षक उमेश पटवालले नेपालमा क्षमतावान् खेलाडी भएकाले उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.