महिला विश्वकप  : स्विडेन र नेदरल्यान्ड्स सेमिफाइनलमा

महिला विश्वकप  : स्विडेन र नेदरल्यान्ड्स सेमिफाइनलमा

पेरिस : स्विडेन र नेदरल्यान्ड्स महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । फ्रान्समा जारी प्रतियोगिताको आइतबार बिहान भएको क्वार्टरफाइनल खेलमा स्विडेनले बलियो जर्मनीलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । यसैगरी अर्को क्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सले इटालीलाई २–० गोलले हरायो ।

यससँगै महिला विश्वकप फुटबलको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । स्विडेन र जर्मनीबीचको प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने जर्मनले लिएको थियो । जर्मनीका लागि लिना मागुलले छैटौं मिनेटमा गोल गरेकी थिइन् । जर्मनीको अग्रतालाई स्विडेनले २२औं मिनेटमा तोडेको थियो । स्विडेनकी सोफिया ज्याकोब्सनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । त्यसपछि स्विडेनले दोस्रो हाफको सुरुआतमै अर्को गोल थपेको थियो । ४८औं मिनेटमा स्टिना ब्ल्याकटेनिउसले गरेको गोलनै स्विडेनका लागि निर्णायक बनेको थियो ।

यसैगरी नेदरल्यान्ड्सको जितमा भिभियाने मोइडेमले ७०औं मिनेटमा खाता खोलेकी थिइन् । ८०औं मिनेटमा स्टेफेनी भान डेर ग्राटले अर्को गोल थप्दै नेदरल्यान्ड्सको सेमिफाइनल यात्रा सहज बनाएकी थिइन् । नेदरल्यान्ड्स पहिलो पटक महिला विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलमा नेदरल्यान्ड्ले स्विडेनसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा अमेरिका र इङ्ल्यान्ड भिड्नेछन् । अमेरिकाले आयोजक फ्रान्सलाई २–१ र इङ्ल्यान्डले नर्वेलाई ३–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.