६० ओभरसम्म नटआउट, १७४ बलमा ३६ रन

६० ओभरसम्म नटआउट, १७४ बलमा ३६ रन

विश्वकप क्रिकेटको इतिहासमा चर्चित भारतीय खेलाडी सुनील गावस्करको नाममा एउटा गजबको कीर्तिमान छ । उनले सन् १९७५ मा भएको पहिलो विश्वकपमा उक्त कीर्तिमान बनाएका थिए । त्यतिबेला विश्वकप क्रिकेटको प्रत्येक पाली ६० ओभरको हुन्थ्यो । भारत र इङ्ल्यान्डबीचको खेलमा इङ्ल्यान्डले पहिले ब्याटिङ गर्दै चार विकेट गुमाएर ३३४ रन बनाएको थियो । त्यसपछि भारत जवाफी ब्याटिङमा ओर्लियो ।

 भारतका लागि ओपनर ब्याट्सम्यानद्वय गावस्कर र एकनाथ सोल्कर पाली सुरु गर्न आए । उक्त खेलमा गावस्कर ६० ओभरसम्म अविजित रहे । तर, उनले ३६ रनमात्र बनाउन सके । खेलका क्रममा उनले १७४ बलको सामना गरी एक चौका मात्र हिर्काएका थिए ।

 उक्त खेलमा भारतले ६० ओभरमा तीन विकेट गुमाएर १३२ रनमात्र बनाउन सक्यो । खेलमा भारत २०२ रनको विशाल अन्तरले पराजित भएको थियो । त्यतिबेला गावस्करको ब्याटिङले निकै चर्चा पाएको थियो भने उनको व्यापक आलोचना पनि भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.