जित्न पर्ने दबाबमा श्रीलंका

जित्न पर्ने दबाबमा श्रीलंका

चेस्टर ली स्ट्रिट : जारी विश्वकप क्रिकेटको सोमबार हुने खेलमा दक्षिण एसियाली टोली   श्रीलंकाले क्यारेबियन टोली वेस्ट इन्डिजको सामना गर्दैछ । उक्त खेल चेस्टर ली स्ट्रिटस्थित रिभर साइड ग्राउन्डमा नेपाली समयअनुसार दिउँसो ३ :१५ बजे सुरु हुनेछ । श्रीलंका र वेस्ट इन्डिज दुवै पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागी हुँदै आएका टोली हुन् ।

पहिलो र दोस्रो विश्वकपको उपाधि जितेको वेस्ट इन्डिज तेस्रो संस्करणमा भने फाइनलमा पराजित भएको थियो । त्यसयता वेस्ट इन्डिज फाइनलसम्म पनि पुग्न सकेको छैन् ।        श्रीलंकाले भने सन् १९९६ मा छैटौं संस्करणको उपाधि उचालेको थियो । सन् २००७ र सन् २०११ मा भने  श्रीलंकाली टोली फाइनलमा पराजित भएको थियो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा यी दुवै टोलीको प्रदर्शन सन्तोषजनक देखिँदैन । यी दुवै टोलीको ब्याटिङ खासै लयमा देखिँदैन भने बलिङ तुलनात्मक रूपमा राम्रो छ । जारी विश्वकपमा यी दुवै टोलीले सात/सात खेल खेलिसकेका छन् । वेस्ट इन्डिज भने उपाधि होडबाट बाहिरिसकेको छ । त्यसैले अबको खेलमा वेस्ट इन्डिजसँग गुमाउनका लागि केही बाँकी छैन ।

एक  खेलमा मात्रै जित हात पारेको वेस्ट इन्डिज ५ खेलमा पराजित भएको छ । वेस्ट इन्डिजको एक खेल वर्षाका कारण रद्द भएको थियो । पहिलो खेलमा सानदार जित हात पारेको  क्यारेबियन टोलीका लगातार पराजयको शिकार बनेको छ। श्रीलंकाको भने सेमिफाइनलमा पुग्ने झिनो सम्भावना अझै जीवितै छ । सेमिफाइनल प्रवेशको सम्भावना जीवित राख्न        श्रीलंकाले बाँकी दुवै खेल जित्नै पर्ने हुन्छ ।

 श्रीलंकाले हालसम्म खेलेको सातमध्ये दुई खेलमा जित हात पारेको छ भने तीन खेलमा पराजय भोगेको छ । श्रीलंकाको दुई खेल वर्षाका कारण रद्द भएको थियो । त्यसको प्रत्यक्ष असर        श्रीलंकाको सेमिफाइनल यात्रामा परेको छ । हालसम्म यी दुई टोली ५६ पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आपसमा भिडेका छन् ।

यी दुई टोलीबीच खेलिएको एकदिवसीय क्रिकेटमा वेस्ट इन्डिजले २८ खेल जितेको छ भने श्रीलंकाले २५ खेलेको नतिजालाई आफ्नो पक्षमा पारेको छ । तीन खेल भने अनिर्णित रूपमा सकिएको छ । यी दुई टोलीबीच खेलिएको पछिल्ला पाँच एकदिवसीय खेलमा भने  श्रीलंकाले चार र वेस्ट इन्डिजले एक खेल जितेका छन् ।

यसैगरी, यसअघिको विश्वकपमा यी दुई टोलीबीच आठ पटक भिडन्त भएको छ । त्यसमा पनि   श्रीलंकाभन्दा वेस्ट इन्डिज केही बलियो देखिन्छ । आठमध्ये चार खेलमा वेस्ट इन्डिज विजयी भएको छ । तीन खेलमा श्रीलंकाले जित हात पारेको छ भने एक खेल अनिर्णित रूपमा सकिएको छ । जारी विश्वकपको बाँकी दुवै खेलमा जित हात पार्न सके        श्रीलंकाको १० अंक पुग्नेछ । त्यसपछि अन्य टोलीको प्रदर्शनले        श्रीलंकाको आगामी यात्रा निर्धारण गर्नेछ । वेस्ट इन्डिजसँगको खेलमा पराजित भए श्रीलंका पनि उपाधि होडबाट बाहिरिने निश्चित छ ।

आजको खेल

श्रीलंकाविरुद्ध वेस्ट इन्डिज

रिभर साइड ग्राउन्ड (दिउँसो ३ :१५ बजे)

एकदिवसीयमा दुई टोली

कुल  : ५६ खेल

वेस्ट इन्डिज विजयी  : २८ खेल

श्रीलंका विजयी  : २५ खेल

अनिर्णित  : ३ खेल

विश्वकपमा दुई टोली

कुल  : ८ खेल

वेस्ट इन्डिज विजयी  : ४ खेल

 श्रीलंका विजयी  : ३ खेल

अनिर्णित  : १ खेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.