कति जीपीएले कुन विषय पढ्न पाउने ?

कति जीपीएले कुन विषय पढ्न पाउने ?

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा ग्रेडिङ प्रणालीबाट सार्वजनिक गरिए पनि कक्षा ११ भर्ना हुने सबै विद्यार्थीले इच्छाअनुसारको विषय पढ्न नपाउने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ०७४ असार ३ गते विद्यार्थीले पाएको विषयगत नतिजाका आधारमा कक्षा ११ मा भर्ना हुन पाउने छन्। २ वर्षअघिको मापदण्डलाई नै यस पटक पनि निरन्तरता दिने पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले बताए।

विद्यार्थीलाई उत्तीर्ण र अनुत्तीर्ण गराउने परम्पराको अन्त्य गर्दै ग्रेडिङमा नतिजा सार्वजनिक गरिए पनि विद्यार्थीले विषयगत र समग्रमा पाएको जीपीएको आधारमा मात्र विषय छनोट भर्ना हुन पाउने व्यवस्था मापदण्डले गरेको छ। यसअनुसार कक्षा ११ मा फिजिक्स, केमेस्ट्री, बायोलोजी, म्याथम्याटिक्स, कम्प्युटर साइन्स, एग्रिकल्चरमा भर्ना हुन चाहने विद्यार्थीले कम्तीमा पनि ग्रेड प्वाइन्ट एभरेज (जीपीए) २ ल्याएकै हुनुपर्नेछ। त्यसबाहेक उनले एसईई परीक्षामा विज्ञान र गणितमा सी प्लस र अंग्रेजी, नेपाली र सामाजिक अध्ययनमा डी प्लस ल्याउनै पर्नेछ।

व्यावसायिक समूहअन्तर्गत एनिमल साइन्स, प्लान्ट साइन्स, इलेक्ट्रिकल, सिभिल र कम्प्युटर इन्जिनियरिङमा भर्ना हुन कम्तीमा पनि जीपीए १ दशमलव ६ ल्याउनै पर्छ। त्यसबाहेक यो समूहमा भर्ना हुन अंग्रेजी, गणित, नेपाली, विज्ञान र सामाजिक अध्ययनमा कम्तीमा डी प्लस ल्याएकै हुनुपर्ने व्यवस्था छ।

म्याथम्याटिक्स, जियोग्राफी, एकाउन्टेन्सी, इकोनोमिक्स, कम्प्युटर साइन्स, टिचिङ म्याथमेटिक्स, मनोविज्ञान, ज्योतिष, एलिमेन्ट्स अफ फाइनान्स, कोअपरेटिभ म्यानेजमेन्ट, बिजनेस स्टडिज, बिजनेस म्याथमेटिक्समा भर्ना हुन कम्तीमा पनि जीपीए १ दशमलव ६ मात्र भए पुग्छ। तर अंग्रेजी, गणित, नेपाली, विज्ञान र सामाजिक अध्ययनमा पनि कम्तीमा डी प्लस ल्याउनै पर्नेछ।

फिजिक्स एजुकेसन, केमेस्ट्री एजुकेसन, बायोलोजी एजुकेसन र टिचिङ साइन्समा भर्ना हुन चाहनेले जीपीए १ दशमलव ६ मात्रै ल्याए पनि पुग्छ। तर अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक अध्ययनमा डी प्लस ल्याउनै पर्छ। अंग्रेजी, अल्टरनेटिभ अंग्रेजी, टिचिङ अंग्रेजी, लिङग्विस्टिक्समा भर्ना हुन पनि १ दशमलव ६ मात्र ल्याए पुग्छ। तर अंग्रेजी, नेपाली र सामाजिक अध्ययनमा डी प्लस ल्याउनै पर्छ।

होटल म्यानेज्मेन्ट, ट्राभल तथा टुरिज्म अध्ययन गर्न पनि १ दशमलव ६ जीपीए मात्र ल्याए पुग्छ तर अंग्रेजी, नेपाली, गणित तथा सामाजिक अध्ययनमा डी प्लस ल्याउनै पर्छ। नेपाली र टिचिङ नेपाली पढ्न अंग्रेजी, संस्कृत, नेपाली र सामाजिक अध्ययनमा डी प्लस ल्याउनै पर्छ। जीपीए १ दशमलव ६ मात्र ल्याए पनि पुग्छ। इतिहास, राजनीतिशास्त्र, गृहविज्ञान, समाजशास्त्र, दर्शनशास्त्र, पुस्तकालय तथा सूचना विज्ञान, ग्रामीण विकासमा भर्ना हुन जीपीए १ दशमलव ६ मात्र ल्याए पुग्छ तर अंग्रेजी, नेपाली र सामाजिक अध्ययनमा कम्तीमा डी प्लस ल्याउनै पर्छ।

शिक्षाको परिचय, इन्स्ट्रक्सनल पेडागोजी, हेल्थ एन्ड फिजिकल एजुकेसन, पपुलेसन स्टडिज, इन्भाइरोन्मेन्ट एजुकेसन पढ्न न्यूनतम जीपीए १ दशमलव ६ मात्रै ल्याए हुन्छ तर अंग्रेजी, नेपाली, विज्ञान, स्वास्थ्य तथा जनसंख्यामा डी प्लस ल्याएकै हुनुपर्छ। संस्कृत व्याकरण, साहित्य, वेद, नीतिशास्त्र, बौद्ध एजुकेसन पढ्न जीपीए १ दशमलव ६ मात्र भए पुग्छ तर नेपाली, संस्कृत, सामाजिक अध्ययन र अंग्रेजीमा डी प्लस ल्याउनै पर्छ। पत्रकारिता, ह्युमन भ्यालु एजुकेसन र कानुनमा भर्ना हुन अंग्रेजी, नेपाली र सामाजिक अध्ययनमा डी प्लस ल्याउनै पर्छ तर समग्रमा जीपीए १ दशमलव ६ मात्र भए पुग्छ।

मैथिली, हिन्दी, नेवारी, पे्रmन्च, जापानी, उर्दू, जर्मन, चिनियाँ र अन्य भाषा तथा नृत्य, संगीत, पेन्टिङ पढ्न पनि जीपीए १ दशमलव ६ भए पुग्छ तर अंग्रेजीमा डी प्लस ल्याउनै पर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.