असारे विकास : १५ दिनमा १० करोड खर्च

असारे विकास : १५ दिनमा १० करोड खर्च

 भैरहवा : आर्थिक वर्ष सकिन लाग्दा विकासे अड्डा र स्थानीय सरकारलाई बजेट सक्न भ्याइनभ्याइ छ। गोष्ठी, तालिम, सम्मेलन, अन्तरक्रिया दिनहुँ भइरहेका छन्। भत्तामा मात्र यहाँ लाखौं खर्च भइरहेको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीका अनुसार असार महिनाको १५ दिनमा मात्र यहाँका विकासे अड्डाले ९ करोड ९३ लाख रुपैयाँ खर्च गरेका छन्। यसमा जिल्लामा रहेका १६ स्थानीय तह खर्च समावेश छैन। स्थानीय तहको असारे खर्चलाई जोड्ने हो भने खर्चको अंक थपिनेछ। कोलेनिकामा आएको बजेट एकैपटक तहको खातामा जाने गर्छ। उनीहरूको खर्च विवरण असार २५ गतेपछि मात्र कोलेनिका आउने गर्छ।

सबैभन्दा बढी स्थानीय तहले नै बजेट सकेका छन्। असारमा सबैभन्दा बढी गुणस्तरहीन सडक निर्माण भइरहेको स्थानीयको गुनासो छ।

कोलेनिका रुपन्देहीबाट प्राप्त तथ्यांकअनुसार कुल बजेट ६२ प्रतिशत पँुजीगत बजेट मात्र खर्च भएको छ। रुपन्देहीको कुल पँुजीगत बजेट ६ अर्ब ४० करोड १० लाख ३९ हजार रुपैयाँ छ। असार १५ गतेसम्म ३ अर्ब ९६ करोड १८ लाख ४ सय ४७ रुपैयाँ मात्र खर्च भएको छ। यसअनुसार अबको १५ दिनमा यहाँका स्थानीय तह र विकासे अड्डाले २ अर्ब ४३ करोड ९२ लाख ३८ हजार ५ सय ५३ रुपैयाँ बजेट खर्च गर्नुपर्ने हुन्छ।

असारमा सबैभन्दा सडक निर्माणमा बजेट खर्च भएको छ। असारको १५ दिनमा मात्र सडक डिभिजन कार्यालयले २ करोड ९४ लाख खर्च गरेको छ। त्यस्तै, संघीय खानेपानी तथा सरसफाइ ढल व्यवस्थापन आयोजनाले २ करोड ३४ लाख, संघीय आयोजना कार्यान्वयन इकाइले एक करोड ३४ लाख, जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालयले ३६ लाख ५१ हजार खर्च गरिएको कोलेनिकाको तथ्यांक छ।

त्यस्तै, पँुजीगत ठूलो बजेट खर्च गर्न नसक्नेमा व्यापारिक मार्ग विस्तार आयोजना, डिभिजन सडक कार्यालय, लुम्बिनी परिक्रमा बर्दघाट पालडाँडा त्रिवेणी सडक योजना, भैरहवा लुम्बिनी तौलिहवा सडक योजना, सैनिक ब्याटल स्कुल, जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय, भैरहवा भन्सार कार्यालय, भैरहवा लुम्बिनी भूमिगत जल सिँचाइ व्यवस्थापन डिभिजनलगायत विकासे अड्डा रहेको कोलेनिकाले जनाएको छ।

‘केही योजना सञ्चालित रहेको र भुक्तानी नभएकाले ठूलो बजेट यथावत् देखिएको छ’, कोलेनिका सूचना अधिकृत युवराज पौडेलले भने, ‘केही बजेट भने फ्रिज हुने अवस्थामा छ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.