टेनिस खेल्न भुटानतिर लागे कमल थापा
काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा साताव्यापी निजी भ्रमणको लागि भुटानको थिम्पुतर्फ प्रस्थान गरेका छन्।
भुटान टेनिस फेडेरेसनले थिम्पुमा आयोजना गरेको ५ औं भारत-भुटान मैत्री टेनिस प्रतियोगितामा सहभागी हुन थापा आइतबार त्यसतर्फ प्रस्थान गरेकाे प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।