तनहुँमा ट्रक दुर्घटना : दुई घाइते, ट्रक अड्कीयो रुखमा
तनहुँ : तनहुँको व्यास–१२ घाँसीकुवास्थित पृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।
ना ५ ख १३७ नम्बरको ट्रक सडकबाट तल खसेर रुखमा अड्कीएको छ । दुर्घटनामा पैदलयात्री स्थानीय कमलाबारीका १७ वर्षीय अर्जुन थापा र सहचालक प्युठान स्वर्गद्वारी निवासी २० वर्षीय मुमबहादुर थापा घाइते भएका हुन् । घाइतेदुबैजनाको अवस्था गम्भीर रहेको तनहुँ प्रहरीले जनाएको छ ।
तिव्र गतिमा रहेको ट्रक पृथ्वी राजमार्गबाट अनियन्त्रित भइ भीरबाट खस्दा रुखमा अड्कीएको हो । घाइते दुबैजनालाई थप उपचारका लागि पोखरा पठाइएको छ ।