सडक दुर्घटनामा लहानमा तीनको मृत्यु

सडक दुर्घटनामा लहानमा तीनको मृत्यु

सिरहा : पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका ११ स्थित पडरिया चोकमा भएको दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ। १३ जना घाइते भएका छन्। ५ जना गम्भीर घाइते भएकालाई उपचारका लागि बाहिर रेफर गरिएको छ भने बाँकीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

पूर्वबाट यात्रु बोकेर आएका ना १ ज ७४५४ नम्बर म्याजिक रोकिएको अवस्था पछाडीबाट आएका ना८ख नम्बर ट्रकले ठक्कर दिएको ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ।

ठक्करबाट घटना स्थलमै गोलबजार नगरपालिका ७ पुरानो चोहर्वाका ३५ वर्षीय गणपैत महरा, बरियारपट्टि गाउँपालिका बस्ने ७५ वर्षीया बैतयादेवी मोची र धनगढीमाई नगरपालिका ९ का ४५ वर्षीया बुनुमाया लामा मृत्यु भएको थियो।

दुर्घटनामा परेका मोरङ्ग पथरी सनिइचरे नगरपालिका ९ बस्ने ट्रक चालक ६१ वर्षीय हर्क बहादुर गुरुङ्ग र लहान नगरपालिका १ बस्ने २१ वर्षीय म्याजिक चालक सरोज कुमार पूर्वेलाई प्रहरी नियन्त्रणमा लिएको छ।

सोही दुर्घटनामा परी घाइते हुनेहरुमा लक्ष्मीपुरपतारी गाउँपालिका २ बस्ने ५५ वर्षीया साइरा खातुन, धनगढीमाई नपा ९ बस्ने ५५ वर्षीय रामसोभक राम, लहान नपा ६ बस्ने २५ वर्षीया सुनितादेवी राम उनकै छोरा २ वर्षीय अंकित कुमार राम, सिरहा नपा २२ का ४० वर्षीया संगिता यादव, सप्तरी खडक नपा ११ बस्ने ४५ वर्षीया सन्तान कुमारी चौधरी, सोही वडाका २० वर्षीया गर्भवति जकिर खातुन, २१ वर्षीय मोहम्मद रसिल, सिरहा नपा १७ बस्ने १७ वर्षीय अजय साह घाइते भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका धनगढीमाई नगरपालिका ९ बस्ने २ वर्षीय राजु राम, लक्ष्मीपुर पतारी गाउँपालिका २ बस्ने ८ वर्षीया नजराना खातुन लगायतलाई बाहिर रेफर गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.