भैरहवा भन्सार प्रकरण : आयतकर्ता र चालक विरुद्ध मुद्दा

भैरहवा भन्सार प्रकरण : आयतकर्ता र चालक विरुद्ध मुद्दा

भैरहवा : भैरहवा भन्सारका कर्मचारीकै अगाडिबाट मुख्य सडक हुँदै विना भन्सार भित्रिएको मालवाहक गाडी प्रकरणमा राजश्व अनुसन्धान कार्यालय बुटवलले जिल्ला अदालत रुपन्देहीमा आरोपीहरू विरुद्ध अभियोग पत्र दायर गरेको छ।

गत जेठ ६ गते भारतबाट आएको जिजे ०६ एजेड ६३५९ नम्बरको मालवाहक गाडी (कन्टेनर) लाई भन्सार कर्मचारीले विना चेकजाँच नै छाडिदिँदा रुपन्देही प्रहरीले उक्त गाडी नियन्त्रणमा लिएर अनुसन्धानका लागि राजश्वलाई बुझाएको थियो।

राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको उक्त गाडी खोलेर चेकजाँच गर्दा एक हजार ३८८ कार्टुन डायपर र सेनेटरी प्याड बरामद भएको थियो। बरामदमध्ये ५५० कार्टुन डायपर र ८३८ कार्टुन सेनेटरी प्याड थियो।

उक्त साम्रगीहरु काठमाडौंको नेपाल ओभरसिज मार्केटिङ प्रालिले आयात गरेको राजश्वले जनाएको छ। राजश्व चुहावट अभियोगमा प्रालिका संचालक पवन कुमार अग्रवाल र गाडी चालक बलवन्त सिंह विरुद्ध जनही ५४ लाख ६४ हजार ६०१ रुपैयाँ विगो जरिवाना र ३ वर्ष कैद सजाएको मागदावी गर्दै अदालतमा अभियोग पत्र दायर गरिएको राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय रानाले जानकारी दिए।

उनीहरुले विगोको जनही दुई सय प्रतिशत एक करोड ९ लाख २९ हजार २ सय २ रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ। संचालक अग्रवाल पक्राउ नपरेको कारण उनलाई अदालतमा दायर गरिएको अभियोग पत्रमा फरार अभियुक्त देखाइएको छ।

संचालक अग्रवाललाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरिएपनि प्रहरीले फेला परेको अवस्थामा बुझाउने भन्दै प्रतिवेदन पठाएकोले अभियोग पत्रमा उनलाई फरार अभियुक्त देखाइएको प्रमुख रानाले बताए।

त्यस्तै भन्सार कर्मचारीकै अगाडीबाट गाडी गएको प्रसंगमा उनले भने गाडी भित्रिने समयमा जुन जुन कर्मचारी खटिएका थिए उनीहरुलाई विभागिय कारवाही गर्नका लागि हामीले राजश्व अनुसन्धान विभागमा पत्राचार गरेका छौँ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.