प्रमुख सहरमै छैन गुणस्तरीय टेलिकम सेवा

प्रमुख सहरमै छैन गुणस्तरीय टेलिकम सेवा

काठमाडौं : देशका प्रमुख सहर नै गुणस्तरीय टेलिकम (टेलिफोन तथा इन्टरनेट) सेवाबाट वञ्चित रहेको अध्ययनले देखाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीको गुणस्तरका सम्बन्धमा देशका प्रमुख सहरमा गरेको परीक्षणले यस्तो अवस्था देखाएको हो।

परीक्षणमा कल तथा डाटातर्फ धेरैजसो स्थानमा सबै कम्पनी असफल भएका छन्। प्राधिकरणले विराटनगर र धनुकटा बजारमा गरेको ड्राइभ टेस्टको नतिजा गत बिहीबार सार्वजनिक गरेको हो। ड्राइभ टेस्ट अर्थात् प्राधिकरणले चलायमान सवारीसाधनमा परीक्षण उपकरण जडान गरेर लगातार फोन कल गरी वा डाटा प्रयोग गरी मोबाइल नेटवर्कको मुख्य–मुख्य सेवा मानकको तथ्यांक संकलन गरिएको हो। यसमा कुनै एक स्थानमा उपलब्ध सबै सेवा प्रदायकको गुणस्तर मापन एकसाथ गरिन्छ।

हरेक सेवा प्रदायकको कुनै एक स्थानमा उपलब्ध नेटवर्क (फोरजी, थ्रीजी र टूजी) मध्ये सर्वाधिक अनुकूल नेटवर्क स्वचालित रूपमा छनोट हुने गरी उपकरणमा व्यवस्था गरिन्छ। यसअघि पहिलोपटक प्राधिकरणले काठमाडौंमा र त्यसपछि भक्तपुर, ललितपुर, पोखरा, बागलुङ र पृथ्वी राजमार्ग क्षेत्रमा टेलिकम कम्पनीको गुणस्तर परीक्षण गरेको थियो। हालसम्म भएको परीक्षणमा सबै मोबाइल सेवा प्रदायक कम्पनी गुणस्तरीय सेवा दिन असफल भएको पाइएको छ।

काठमाडौं, लतिलपुर, भक्तपुर, पोखरा, बागलुङ, विराटनगर, धनुकटा र पृथ्वी राजमार्ग क्षेत्रमा गरिएको ड्राइभ टेस्टको प्रतिवेदनअनुसार बागलुङमा कल स्थापना हुन लाग्ने समय र सफलताको दरमा नेपाल टेलिकम, एनसेल र स्मार्ट तीनवटै कम्पनी प्राधिकरणले तोकेको कल स्थापना हुन लाग्ने समयको मापदण्डमा असफल भएका छन्। प्राधिकरणले कल स्थापना हुन लाग्ने समय ५ सेकेन्डभन्दा कम र दर ९९ प्रतिशत वा सोभन्दा बढी हुनुपर्ने भनी मापदण्ड राखेको छ। तर तीनवटै कम्पनीको आफ्नै नेटवर्कभित्र पनि सोभन्दा दोब्बर समय लागेको देखिएको छ।

विराटनगरमा भएको अध्ययनअनुसार कल स्थापना हुन लाग्ने समय नेपाल टेलिकमको ८.७९ सेकेन्ड, एनसेलको ६.५२ सेकेन्ड तथा स्मार्ट टेलिकमको ८.४७ प्रतिशत छ। कल स्थापना हुने सफलताको दरमा नेपाल टेलिकमको ९७.०६ प्रतिशत, एनसेलको ९९.२६ प्रतिशत तथा स्मार्ट टेलिकमको ९७.८१ प्रतिशत रहेको पाइएको छ। यसको आधारमा एनसेल कल स्थापना हुने सफलताको दरमा भने पास भएको छ। यही अवस्था धनकुटा बजारमा पनि देखिएको छ।

धनकुटामा भएको परीक्षणमा कल स्थापना हुन लाग्ने समय नेपाल टेलिकमको ९.३७ सेकेन्ड, एनसेलको ६.८४ सेकेन्ड रहेको छ। कल स्थापना हुने सफलताको दरमा नेपाल टेलिकमको ९९.०१ प्रतिशत, एनसेलको ९०.०२ प्रतिशत छ। धनकुटामा कल स्थापना हुने सफलताको दरमा नेपाल टेलिकम पास भएको छ। यसअधि भएको परीक्षणमा काठमाडौंमा एनसेलको कल स्थापित हुन लाग्ने समय ८.४८ सेकेन्ड, टेलिकमको ११.४८ सेकेन्ड र स्मार्ट टेलिकमको १३.७१ सेकेन्ड थियो।

कल स्थापित हुने सफलता दरमा टेलिकमको ९८.२६, एनसेलको ९७.७७ र स्मार्ट टेलिकमको ९७.३९ प्रतिशत थियो। भक्तपुरमा भएको परीक्षणमा कल सफलताको दर ९९ प्रतिशत वा सोभन्दा माथि हुनुपर्नेमा स्मार्टको केवल ६९.५२ प्रतिशत, एनसेलको ९५.१४ प्रतिशत र नेपाल टेलिकमको ९३.४८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै ललितपुरमा कल स्थापना हुन लाग्ने समय नेपाल टेलिकमको ११.५३ सेकेन्ड छ भने एनसेलको ७.६८ सेकेन्ड तथा स्मार्ट टेलिकमको १२.०१ प्रतिशत थियो।

कल स्थापना हुने सफलताको दरमा नेपाल टेलिकमको ९२.८६ प्रतिशत, एनसेलको ९४.७४ प्रतिशत तथा स्मार्ट टेलिकमको ८७.६२ प्रतिशत रहेको उल्लेख गरिएको थियो। पोखरामा भने आफैं फोन कल वा सम्पर्क विच्छेद हुने दरको मापदण्डमा भने तीनवटै कम्पनी उत्तीर्ण भएका छन्। तर कल स्थापना हुन लाग्ने समय र सफलताको दरमा सबै कम्पनी फेल भएको प्रतिवेदनमा उल्लेख छ। पोखरामा आफंै फोन कल वा सम्पर्क विच्छेद हुने दरमा तीनै कम्पनीको शून्य प्रतिशत भएको प्रतिवेदनमा छ। कल स्थापना हुन लाग्ने समय र सफलताको दरमा भने स्मार्टको ९२.८६ प्रतिशत, एनसेलको ९५.७१ प्रतिशत र नेपाल टेलिकमको ९८.७१ प्रतिशत छ।

डाटातर्फ भने पनि तीनवटै कम्पनीको अवस्था उस्तै छ। इन्टरनेटमा प्राधिकरणले पिंग गर्न लाग्ने समय र सफलताको दर २५० मिलिसेकेन्ड वा त्योभन्दा कम तोकेको छ। त्यसमध्ये भर्खरैमात्र सार्वजनिक भएको विराटनगर र धनकुटाको अध्ययनमा पिंग गर्न लाग्ने समय नेपाल टेलिकमको क्रमसः २६५.१२ र ४७५.५९ मिलिसेकेन्ड छ भने एनसेलको ३२६.१२ र ४५५.५ मिलिसेकेन्ड तथा स्मार्ट टेलिकमको २७७.७५ मिलिसेकेन्ड रहेको छ। पिंग सफलताको दरमा भने तीनवटै कम्पनीले करिब शतप्रतिशत दर पाएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.