यादव थपलिया स्मृति ग्रन्थ प्रकाशित

यादव थपलिया स्मृति ग्रन्थ प्रकाशित

काठमाडौं : यादव थपलिया स्मृति ग्रन्थ प्रकाशित भएको छ। पत्रकार तथा लेखक थपलियाको निधन भएको वर्ष दिनको अवसरमा उनीसँग संगत भएका पत्रकार/कलाकार/मित्रहरूका सम्झना संग्रह गरी स्मृतिग्रन्थ प्रकाशित भएको हो।

४० वर्षीय थपलियाको गत वर्ष असार १५ मा निधन भएको थियो। थपलिया पत्नी गंगाको 'जीवनको अमूल्य निधि हौ तिमी' बाट सुरु भएको स्मृतिग्रन्थमा यादवकै कवितासहित उनीसँग संगत भएकाहरूका सम्झना समेटिएका छन्।

ग्रन्थमा नारायण वाग्ले, उद्धव थपलिया, वैरागी जेठा, प्रकाश सिलवाल, उषा थपलिया, विन्दा खतिवडा, रविना नराल, नीलकण्ठ तिवारी, वालकृष्ण अधिकारी, हरिशरण खनाल, केपी ढुंगाना, चेतनाव धमला, सबनम खतिवडा, राजन नेपाल, सुवास चिमोरिया, प्रेमराज सिलवाल, विनोदविक्रम केसी, यशोदा अधिकारी, स्वरुप आचार्य, सन्तोष शर्मा, भरत शर्मा, गंगा कर्माचार्य पौडेल, सन्तोष खतिवडा, कृष्ण खनाल, मधु लम्साल, पवित्रा चिमोरिया र देवेन्द्र थुम्केलीका स्मरणहरू समेटिएका छन्।

काभ्रेमा जन्मिएका थपलिया २०४६ देखि लेखनकर्ममा थिए। उनका हाँडीगाउँले जात्रा (कविता संग्रह), सम्मतिका छालभित्र (समीक्षा), मृत्यु चुम्बन (उपन्यास), फर्सिबाको न्याय (बाल कथा) प्रकाशित छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.