स्कुटर दुर्घटनामा एकको मृत्यु, एक घाइते

स्कुटर दुर्घटनामा एकको मृत्यु, एक घाइते

स्याङ्जा : भीरकोट नगरपालिका १ लामाचौरमा स्कुटर दुर्घटना हुँदा २३ वर्षीया कोसिन्दर क्षेत्रीको मृत्यु भएको छ। वालिङबाट राङ्खोलातर्फ आइरहेको ग.१६प ९१२४ नम्बरको स्कुटर अनियन्त्रित हुँदा सोमबार साँझ पुतलीबजार नगरपालिका १३ का २१ वर्षीय राजेश केसी र उनको पछाडी सवार क्षेत्री घाइते भएका थिए। 

घाइते दुबैको कालिका सामुदायिक हस्पिटल हेलुमा प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको थियो।  गम्भीर घाइते क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ। अर्का घाइते केसीको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.