रसुवाका विप्लव कार्यकर्ता पक्राउ
नुवाकोट : विप्लव समूहका रसुवा जिल्ला कार्यकर्ता पक्राउ परेका छन् । विप्लवका जिल्ला सदस्य ३२ वर्षीय वासुदेव पाठकलाई प्रहरीले पक्राउ गरेको हो ।
मंगलबार नै पाठकलाई रसुवा अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । रसुवाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक भाग्येन्द्रपुरुष ढकालका अनुसार नुवाकोटको शिवपुरी गाउँपालिका–८ घर भएका पाठकलाई प्रहरीले आपराधिक लाभ गरेको अभियोगमा पक्राउ गरिएको हो । पार्टी कामको शिलशिलामा काठमाडौँ जाँदै गर्दा पाठक पक्राउ परेका हुन् ।