मिडिया काउन्सिल विधेयक फिर्ता माग्दै स्याङजाबाट ज्ञापनपत्र

मिडिया काउन्सिल विधेयक फिर्ता माग्दै स्याङजाबाट ज्ञापनपत्र

स्याङ्जा : मिडिया काउन्सिल सम्बन्धी विधेयक बिरुद्ध प्रजातान्त्रिक बिचार समाज स्याङ्जाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै मंगलबार ज्ञापनपत्र पठाएको छ ।

प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई समाजका पदाधिकारी सहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

लामो संघर्ष र निरन्तर ६५ वर्षको संघर्षवाट उपलब्धीलाई जोगाउँदै संस्थागत अभ्यासले परिस्कृत र परिमार्जित गर्नुपर्ने दायित्व जीवन्त रहेको अवस्थामा स्वतन्त्र प्रेस तथा अभिव्यक्तिमाथिको प्रहारले सत्य तथ्य रोक्ने प्रयास गरेको उल्लेख गरिएको छ ।

समाजका अध्यक्ष मुक्तिप्रसाद सुवेदीद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा संविधानको मर्म विपरित स्वतन्त्रताको विरुद्ध मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदमा दर्ता भएको उल्लेख छ ।

अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने अभिप्रायले विधेयक संसदमा दर्ता गरिएको भन्दै लोकतान्त्रिक अभ्यास धुमिल नपार्न प्रजातान्त्रिक समाज स्याङ्जाले सरकारसँग माग गरेको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी निरौलाले प्राप्त ज्ञापनपत्र तत्कालै प्रधानमन्त्री कार्यालयमा प्रेषित गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.