मेसीको झिनो आश, हाता लाग्यो निराशा

मेसीको झिनो आश, हाता लाग्यो निराशा

एजेन्सी : क्लब फुटबलमा बार्सिलनाबाट ठूलो सफलता हासिल गरेका अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेसीले राष्ट्रिय टोलीका लागि उपाधि जिताउन सकेका छैनन् । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको ४६औं संस्करणको सेमिफाइनलमा ब्राजिलसँग पराजित भएसँगै मेसीको झिनो आशा पनि निराशामा परिणत भयो । 

मेसीले सन २००५ मा अर्जेन्टिनाको राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । विश्वकपमा भने मेसी  २०१० देखि टोलीमा परेका थिए । ब्राजिलमा भएको २०१४ को विश्वकप फाइनलसम्म पुगेको अर्जेन्टिना जर्मनसँग पराजित भई उपाधिबाट बञ्चित भयो । त्यसपछि २०१५ मा भएको कोपा अमेरिकाको फाइनलमा पुगेको मेसीको टोली अर्जेन्टिना चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भयो । 

 प्रतियोगिता सुरु भएको १००औं वर्षको उपलक्ष्यमा २०१६ मा कोपा अमेरिकाको विषेश संस्करण आयोजना गरिएको थियो । यसमा पनि फाइनलमा पुगेको अर्जेन्टिना पूरानै प्रतिद्वन्द्वी चिलीसँग पेनाल्टी सुटआउट मै पराजित भयो । यस पराजयपछि मेसीले राष्ट्रिय टोलीबाट सन्यास लिएको घोषणा गरेका थिए । चौतर्फी दबाबका कारण केही महिनापछि मेसीले सन्यास फिर्ता लिए । 

२०१८ को विश्वकपमा अर्जेन्टिना निकै कठीनसँग अन्तिम १६ सम्म मात्रै पुग्न सक्यो। यस पटकको कोपा अमेरिकामा पनि अर्नेन्टिनाले नकआउट चरणमा स्थान बनाउन निकै संघर्ष गर्‍यो । 

प्रतियोगिता सुरु हुनअघि एक टेलिभिजनसँग कुरा गर्ने क्रममा मेसीले अर्जेन्टिना यस पटक दाबेदारको रुपमा नरहेको भनी आफ्नो टोलीको कमजोरी स्विकारी सकेका थिए । 

गत विश्पकपमा राम्रो प्रदर्शन गर्ने नसक्दा मेसीको जादु अब चल्न छोड्यो भनी आलोचना भएको थियो । तर लिग फुटबलमा गत सिजनको उनले निकै राम्रो प्रदर्शन गरे । यसै सिजन बार्सिलोनको कप्तानको जिम्मेबारी पाएका मेसी ला लिगा र  च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बन्न सफल भए । 
अर्जेन्टिनी टोलीको खस्कँदै गएको प्रदर्शन मेसीको राष्ट्रका लागि उपाधि दिलाउने सपनाको बाधक बनिरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.