उत्कृष्ट विद्यार्थीलाई एनसेलको छात्रवृत्ति

उत्कृष्ट विद्यार्थीलाई एनसेलको छात्रवृत्ति

काठमाडौं : एनसेल प्राइभेट लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा विभिन्न पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीलाई एनसेलले छात्रवृत्ति प्रदान तथा सम्मान गरेको छ । ललितपुरको होटल हिमालयमा भएको छात्रवृत्ति तथा सम्मान कार्यक्रममा विद्यार्थीका अभिभावक, इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक सहभागी थिए ।

छात्रवृत्ति तथा सम्मान कार्यक्रमअन्तर्गत एनसेलले २०७६ सालदेखि २०८० सम्म इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई एक करोड ३० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गर्नेछ । यसअघि एनसेलले उत्कृष्ट विद्यार्थीलाई २०७१ देखि २०७५ सम्म ८० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको थियो । प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाको पहिचान र उनीहरूको शैक्षिक उत्कृष्टताको कदर गर्नु कार्यक्रमको उद्देश्य छ ।

जिम्मेवार व्यावसायिक नागरिकका रूपमा प्राविधिक शिक्षाका क्षेत्रमा सहयोग पुर्‍याउँदै दक्ष जनशक्तिको विकासका लागि योगदान पुर्‍याउन इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कार स्थापना गरिएको थियो । २०७१ देखि पाँच वर्ष अवधिमा ६० जना विद्यार्थीले एनसेलको छात्रवृत्ति पाएका छन् भने २० जनालाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको छ । बाट सम्मानित भएका छन् ।

यस वर्ष १८ वटा शीर्षकअन्तर्गत इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन, कम्प्युटर, सिभिल र मेकानिकल संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको छ । साथै उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उत्तीर्ण गरेका ६ जना विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको छ । ‘एनसेल छात्रवृत्ति उत्कृष्ट तथा मिहिनेती विद्यार्थीका लागि ठूलो प्रोत्साहन भएको छ । शैक्षिक उत्कृष्टता र युवा प्रतिभाको प्रवद्र्धन गर्न एनसेल उत्कृष्टता सम्मानले स्नातक तह पूरा गर्ने विद्यार्थीका लागि छुट्टै विशेषता बोकेको छ । यस कार्यक्रमका लागि २०७१ सालदेखि एनसेलसँग साझेदारी गर्न पाएकोमा हामी गौरव गर्छाैं र आउँदा वर्षमा यो सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छौं’, पुल्चोक क्याम्पसका प्रमुख प्रा.डा.लक्ष्मण पौडेलले भने ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङले यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रममार्फत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग फेरि दोस्रो चरणको सहकार्य गर्न पाएकोमा हामी निकै हर्षित भएको उलने बताए । उनले विकासलाई गति दिन दक्ष तथा कुशल प्राविधिक जनशक्ति आवश्यक पर्छ भन्दै यस अभियानअन्तर्गत पुल्चोक क्याम्पससँग थप ५ वर्षका लागि सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.