अमिषालाई ठगीको आरोप
क्या यहि प्यार हे, रेस २, हामको तुमसे प्यार हेै, भुल भुलैया, मेरी जीवनसाथी लगायतका फिल्ममा अमिषा पटेलको दमदार अभिनय देख्न सकिन्छ । बलीउड फिल्म उद्योगमा यीनको वेग्लै मुल्याकंन छ । ४३ बर्षिय पटेल अहिले पनि विभिन्न फिल्ममा अभिनय गरिरहेकै छन् ।
फिल्म निर्माता अजय कुमार सिंहले अमिषा पटेलले धोका दिएको आरोप लगाएका छन् । यो आरोपसंगै उनले राँचीको अदालतमा मुद्धा दर्ता गराएका छन् ।फ्यामिली अफ ठाकुरगंज फिल्मका निर्माता सिंहका अनुसार अमिषाले फिल्मका लागी साढे दुई करोड भारु उधारो लिएकी थिइन । यो पैसा उक्त फिल्म रिलीजका लागी खर्च गर्ने बताइएको थियो ।
पैसा फिर्ता दिने प्रश्नमा अमिषाले कुने जवाफ नदिएको सिंहको आरोप छ । सिंहका अनुसार ३ करोड भारुको चेक बाउन्स भएपछि राचिको एक अदालतमा मुद्धा दर्ता गरिएको हो । आउने जुलाई ८ मा अदालतमा पेशि छ । अमिषा पेशीको दिन पनि अदालत उपस्थित भइनन भने प्रक्राउ पुर्जी जारि गरिने बताइएको छ ।
आइएएन न्युज एजेन्सीसंग कुरा गर्दे सिंहले यो जानकारि दिएका हुन् । एजेन्सीमा बताए अनुसार अमिषा पटेलको ‘देसी म्याजीक’ फिल्म जुन २०१९ मा रिलीज हुने भनिएको थियो । रिलीज मिती सारेर सेप्टेम्वरसम्म पुग्यो तर नया रिलीज मिती तोकिएन । अमिषाले सिंहलाई तीन करोड भारुको चेक दिएकी थिइन तर बाउन्स भयो । यसवारे पटक पटक आफुले जान्न खोज्दा समेत सानो लगानीकर्ता भएकाले चुप लाग्न निर्देशन दिएकी थिइन । फिल्म पनि रिलीज नहुने र पैसा पनि फिर्ता नहुने भएपछि सिंहले आफु अदालत जान बाध्य भएको बताएका छन् ।