बहुविवाह मुद्दाका फरार अभियुक्त तीन वर्षपछि पक्राउ
जाजरकोट : बहुविवाह मुद्दाका फरा अभियुक्त तीन वर्षपछि पक्राउ परेका छन्।छेडागाड-५ का २२ वर्षीय अमर रावतलाई सुर्खेत भेरीगंगा नगरपालिका-१२ छिन्चुबाट प्रहरीले पक्राउ गरी जाजरकोट प्रहरीलाई बुझाएको हो।
बहुविवाह कसुरमा जिल्ला अदालतले २०७३ साल चैत १५ गते २ वर्ष ६ महिना कैद र २५ हजार जरिबानाको फैसला सुनाएको थियो। घरमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेपछि उनकी श्रीमतीले पतिविरुद्ध बहुविवाह मुद्धा दर्ता गराएकी थिइन्।प्रहरीले रावतलाई जिल्ला अदालतमा दाखिला गराएपछि अदालतले जिल्ला कारागार चलानका लागि पुनः आदेश दिएको हो।