वाणिज्य संघका अध्यक्ष पक्राउको विरोधमा बजार बन्द

वाणिज्य संघका अध्यक्ष पक्राउको विरोधमा बजार बन्द

धनगढी : अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटासहित तीनजना व्यापारी पक्राउको विरोधमा स्थानीय व्यापारीले बजार बन्द गराएका छन्। बुधबार दिउँसोबाट स्थानीय व्यापारीले अध्यक्ष देवकोटासहित ३ जनालाई पत्रकार सम्मेलनबाट प्रहरीले पक्राउ गरेपछि बजार बन्द गराएका हुन्।

व्यापारीका समस्या नगरपरिषद्मा राख्न नदिएपछि भएको असहमतिमा सार्वजनिक मुद्दा दायर गरिनु र आफ्ना धारणा राख्न उद्योग वाणिज्य संघको हलमा गरिएको पत्रकार सम्मेलनबाटै पक्राउ गरिनु गलत भएको भन्दै व्यापारीले बजार बन्द गरेर आन्दोलनमा उत्रिएको अत्तरिया उद्योग वाणिज्य संघका महासचिव यज्ञराज जोशीले बताए।

'आफ्ना धारणा राख्दै गर्दा प्रहरी पठाएर पक्राउ गरिनु वाक स्वतन्त्रताको विरुद्ध हो,' उनले भने, 'झुटा मुद्दा लगाएर व्यापारीलाई फसाउन खोजियो।'  उद्योग वाणिज्य संघका पदाधिकारीसहितका व्यापारीले पनि आफ्ना क्रियाकलापलाई सच्चाउँदै जानुपर्ने गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउँदले बताए। उनले भने, 'हामी यो विवादको सहजीकरणमा छौँ, तर व्यापारीले पनि आफ्नो क्रियाकलापलाई सुधार्दै जानुपर्छ।' आवेशमा आएर व्यापारीले नगरपालिकाको नीति तथा कार्यक्रममै गुण्डागर्दी शैली अपनाएको भन्दै उनले खेद व्यक्त गरे।

कैलालीको गोदावरी नगरपालिकाले असार १० आयोजना गरेको नगर परिषद्को उद्घाटन समारोहमा कार्यक्रम विथोल्ने र अतिथिमाथि दुव्र्यवहार गरेको भन्दै कार्यपालिका बैठकले निर्णय गरेर असार ११ गते इलाका प्रहरी कार्यालय मालाखेतीमा अध्यक्ष देवकोटासहितका ८ जनाविरुद्ध किटानी दिएको थियो।

नगर परिषद्को उद्घाटन समारोहमा माइक तोडफोड गरेको, माइकको तार काटेको र कार्यक्रम विथोल्ने प्रयास गरेको भन्दै किटानी दिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए। पक्राउ गरिएका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.