मेलिना र बसन्तको ‘बयर घारी’ सार्वजनिक (भिडियो)
काठमाडौं : गायिका मेलिना राई र गायक बसन्त राईको नयाँ आधुनिक गीत ‘बयर घारी’ सार्वजनिक भएको छ। दीपक शर्माको शब्द, संगीतमा तयार गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन्। गीतको भिडियोमा निराजन प्रधान र वर्षा राउतको प्रेम देख्न सकिन्छ।
भिडियोमा अगम कटवाल (अल्लु)को अभिनयसमेत समेटिएको छ। रोहित बस्नेतको कोरियोग्राफी रहेको भिडियोलाई रोशेल थापाले निर्देशन गरेका हुन्।