संगठन विस्तारकाे गृहकार्यमा जुट्याे राप्रपा
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपत्यकाका जिल्ला अध्यक्षहरु, क्षेत्रीय अध्यक्षहरु तथा स्थानीय तहका अध्यक्षहरुको संयुक्त छलफल गरेकाे छ। पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा बुधबार बसेकाे बैठकमा विभिन्न संगठन विस्तार सम्बन्धि समिक्षा गरिएकाे प्रचार प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
हालै सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले २०७६ साललाई संगठन निर्माण वर्ष घोषणा गरे अनुरूप स्थानीय तहमा संगठन विस्तारलाई तिव्रता दिएको छ। उक्त बैठकले संगठन निर्माण हुन बाँकी वडाहरूमा असार मसान्तसम्म समिति गठन गरि श्रावण महिनाभित्र उपत्यकाका सबै नगर भेला सम्पन्न गर्ने निर्णय समेत गरेको थियाे।