सिरहामा नगरको अनियमितता विरुद्ध काँग्रेसको विरोध र्‍याली

सिरहामा नगरको अनियमितता विरुद्ध काँग्रेसको विरोध र्‍याली

सिरहा : सिरहा नगरपालिकाको काम कारवाही विरुद्धमा सिरहा नगर समिति काँग्रेसले विरोध जनाएका छन् । बुधवार उनीहरुले विभिन्न माग राख्दै विरोध प्रर्दशन गरेका हुन् । नगर परिक्रमा गरेर उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।  

सदरमुकाम सिरहामा नेपाली काँग्रेस नगर समितिले सरकारी रकम व्यक्तिको नाउँमा वितरण, विकासको नाउँमा करोडौं रकम कमिशन पाउन कोटेशन दिने कार्य, नगर सभा पारदर्शी, वडा समितिको अधिकार कुण्डित गर्ने कार्य बन्द गर्न बुधवार ज्ञापन पत्र बुझाएका छन् । नगरपालिकामा ज्ञापन बुझाउने कार्यक्रम बारे जानकारी गराए पनि मेयर अशेश्वरप्रसाद यादव, उपमेयर डाक्टर नमिता यादव, प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई कार्यालयमा आएका थिएनन् ।

कार्यालयमा मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत नभेटिएपछि अधिकृत सुबोध लामालाई ज्ञापनपत्र बुझाउँदै माग तत्काल सम्बोधन गर्न नेपाली काँग्रेसका मेयरका प्रत्यासी डा सुभाषचन्द्र यादवले माग गरेका छन् ।

नगरपालिकाभित्र गठन गरिएका उपभोक्ता समितिहरु सार्वजनिक गर्नुपर्ने, नागरिकता सिफारिस जस्ता व्यक्तिगत सिफारिस निःशुल्क गर्नुपर्ने, नियमित सूचना प्रवाहको लागि सूचना शाखा र सूचना अधिकारीको व्यवस्था, नगरवासीमाथि अतिरिक्त कर लगाउने कार्य बन्द गर्नुपर्ने माग सहितको ज्ञापन पत्र बुझाएको डा यादवले बताए ।

यसैबीच काँग्रेस नगर समितिले जिल्ला प्रशासन कार्यालय सिरहामार्फत प्रधानमन्त्रीलाई पनि ज्ञापनपत्र बुझाएको छ । विगत र चालू आवको नगरस्तरीय योजनाहरुमा व्यापक अनियमितता गरेको, आन्तरिक राजश्व संकलन र खर्च पारदर्शी नगरेको, वडाले गठन गर्ने उपभोक्ता समितिमा नगर प्रमुखले हस्तक्षेप गरेका, योजनाहरु गोप्य रुपमा संशोधन गरेको, नगर कार्यपालिका र विभिन्न विषयगत समितिको बैठक नगरी हचुवाको भरमा नगरसभा गर्ने तयारी गरेको र योजना टुक्राएर कोटेशन दिएको विषयमा छानबिनको मागसहित ज्ञापन पत्र बुझाएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.