त्रिशूली ‘थ्री ए’को उत्पादन पुनः सुरु
नुवाकोट : परीक्षण उत्पादनपछि बन्द गरिएको माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु भएको छ। उत्पादन सुरु गरेको दुई सातामै गत महिना बन्द गरिएकामा विविध परीक्षण पूरा गरेर एक महिनापछि उत्पादन सुरु गरिएको हो।
पहिलो चरणमा विद्युत् गृहबाट कुल जडित क्षमताको आधा अर्थात् ३० मेगावाट उत्पादन भएको छ। दोस्रो युनिटको मेसिन जडान गरिसकिएको छ। एक महिनापछि दुवै युनिटबाट विद्युत् उत्पादन भएपछि क्षमताअनुसार विद्युत् उत्पादन गर्ने तयारी गरिएको आयोजनाका सहायक निर्देशक नारायणप्रसाद आचार्यले जानकारी दिए। राष्ट्रिय प्रसारण लाइनमा जोडिएको साता नबित्दै उपकरण तथा प्रसारण लाइन परीक्षण गर्न उत्पादन बन्द गरिएको उनले बताए। जडित मेसिनको दीर्घकालीन प्रभावको परीक्षणसमेत भइरहेको छ।
आवश्यक परिक्षण गरेर २६ दिनपछि विद्युत पुनः सुचारु गरिएको आचार्यले जानकारी दिए। उनका अनुसार आयोजनाको सुरुङ, प्रशारण लाइन तथा मेसिन उपकरणहरु ठिक हालतमा भए नभएको परिक्षण गर्नु पर्ने नीति अनुसार बन्द गरिएको विद्युत उत्पादन पुनः सुचारु ग्रिएको हो।