१५ पुगे पाँचतारे होटल

१५ पुगे पाँचतारे होटल

काठमाडौं : नेपालमा एकै वर्ष चारवटा पाँचातारे होटल थपिएका छन्। पछिल्लो समय गत सोमबार ठमेलको छायाँदेवी कम्प्लेक्समा रहको अलफ्ट काठमाडौंले पाँचतारेको अनुमति पाएको छ। योसँगै नेपालमा पाँचतारे होटलको संख्या १५ वटा पुगेको हो। यसमध्ये दुईवटा होटल सञ्चालनमा छैनन् भने पुराना र नयाँ गरी बाँकी १३ वटा सञ्चालनमा छन्।

यो होटल मापदण्ड पूरा गरेर पर्यटन विभागबाट पाँचतारेमा स्तरीकरण भएको हो। होटल निर्माण सम्पन्न गरेर स्तरीकरणका निम्ति पर्यटन विभागमा निवेदन दिएको थियो। विभागले स्थलगत निरीक्षणसहित मापदण्ड पूरा गरेकाले पाँचतारे होटलको मान्यता दिइएको विभागका होटल शाखा अधिकृत नारायणप्रसाद भट्टराईले जानकारी दिए।

यो होटलसँगै पछिल्लो समय पाँचवटा पाँचतारे होटल थप भएका छन्। १२ मंसिर २०७४ देखि पाँचतारेका रूपमा सिल्भर हेरिटेज इन्भेस्टमेन्टको लगानीमा रूपन्देहीको कोटीहवामा टाइगरवान प्यालेस सञ्चालनमा आएको थियो। यसपछि एकै वर्ष चारवटा पाँचतारे होटल थप भएका छन्।

पछिल्लो समय थप भएका होटलमा एभरेस्ट हस्पिटालिटी ग्रुप एन्ड होटलको म्यारिओट काठमाडौं, नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रिमियर र कोहलपुरको सेन्ट्रल प्लाजा र अलफ्ट काठमाडौं छन्।

‘पर्यटन ऐन २०३५, होटल, लज, रेस्टुराँ, बार तथा पथ प्रदर्शक नियमावली, २०३८ र होटल स्यान्डर्ड २०७० ले तोकेको मापदण्ड पूरा गरेर होटल थप भइरहेका छन्। पाँचतारेको अनुमति पाएको होटल अलफ्ट काठमाडौंमा १ सय ७७ वटा कोठा छन्। होटल निर्माणमा करिब साढे ५ अर्ब रुपैयाँ खर्च भएको होटल सञ्चालक सुमन पाण्डेले अन्नपूर्णलाई जानकारी दिए।

पाँचतारेको अनुमति पाएका एभरेस्ट होटल र फूलबारी हाल बन्द छन्। २०७२ को भूकम्पपछि बन्द भएको एभरेस्ट होटल पुनः सञ्चालनको तयारीमा छ। होटल सञ्चालन गर्न तयारी करिब पूरा भइसकेको एभरेस्ट होटलले जानकारी दिएको छ।

विभागमा होटलको स्तरीकरणका लागि आवेदन दिनेमा झापाको ग्रान्डी प्रिन्स र भैरहवाको पवन प्यालेस पनि छन्। यी दुवै होटलले मापदण्ड पूरा गरेको र काठमाडौं उपत्यका बाहिरका भएकाले ८० कोठामात्रै भए पनि तोकिएको सर्त पूरा गरेको अवस्थामा पाँचतारेको अनुमति पाउनेछन्।

पाँचतारेका रूपमा निर्माण भइरहेका राजधानीकै नक्सालको डबल ट्रि हिल्ट्रन र केसरमहलको काठमाडौं शेराटन, झापाको मेची क्राउन र इटहरीको गरिमा होटल पनि छन्। यी बाहेक पर्यटन विभागमा आइनपुगेको होटल पनि दर्जनकै संख्यामा रहेको उल्लेख छ।

होटल निर्माण सकिएपछि सञ्चालन गर्दा मात्रै स्तरीकरण गर्नुपर्ने भएकाले निर्माणाधीनको जानकारी विभागसँग हुँदैन। होटलले विदेशी मुद्रा सटही तथा पर्यटकीय सवारी सुविधा लिँदा अनिवार्य पर्यटन विभागबाट अनुमति लिनुपर्ने हुन्छ। यसका निम्ति होटलले स्तरीकरण गर्ने र विभागबाट स्वीकृति लिनुपर्ने हुन्छ।

नेपाल पर्यटन वर्ष २०२० लक्षित नयाँ होटल खोल्ने र पर्यटकीय सुविधा स्तरको सेवाका निम्ति आतिथ्यता उद्योगमा प्रतिस्पर्धा चलिरहे पनि एकपछि अर्को होटल थप हुँदै गएको हानको भनाइ छ। पछिल्लो समय थप भएका ५ बाहेकका सञ्चालनमा हरेका यस्ता होटलमा सोल्टी, तारागाउँ रिजेन्सी (हायात), याक एन्ड यति, डेल अन्नपूर्ण, सांग्रिला, मल्ल, ¥याडिसन र पोखरामा ग्रान्ड छन्।

म्यारिओटमा भारतीय र अलफ्मा मकाओको क्यासिनो

दुईवटा नयाँ पाँचतारे होटल म्यारिओट र अलफ्ट काठमाडौंमा भारतीय र मकाओको क्यासिनो भित्रिएका छन्। नक्सालमा भर्खरै सञ्चालनमा आएको पाँचतारे होटल म्यारिओटमा भारतीय लगानीकर्ता डेल्टिन ग्रुपको क्यासिनो भित्रिएको छ। यो होटलमा शतप्रतिशत भारतीय लगानीको यो क्यासिनो सञ्चालन गर्न पर्यटन विभागसमक्ष अनुमति माग गरेको छ। विभागका अनुसार डेल्टिनको निवेदन आएको छ।

नयाँ क्यासिनोले सञ्चालन अनुमति माग गरेपछि अनुगमन गर्न र तोकिएको मापदण्ड पूरा भए नभएको विषयमा निरीक्षण गर्न पर्यटन मन्त्रालयका सहसचिवको संयोजकत्वमा विभागकै महानिर्देशक, होटल संघका प्रतिनिधि र विभागकै एक निर्देशकसहितको टोली गठन गरिएको छ। टोलीको अध्ययनपछि मात्रै क्यासिनोलाई पूर्वस्वीकृति दिने विभागको प्रावधान छ। त्यसपछि मापदण्ड पूरा गरेपछि क्यासिनोले सञ्चालन अनुमति पाउने विभागले जानकारी दिएको छ।

भारतीय सार्वजनिक कम्पनी अन्तर्गतको यो क्यासिनोले भारतकै गोहामा, सिक्किममा र दामनमा पनि क्यासिनो सञ्चालन गरिरहेको छ। क्यासिनो सञ्चालन गर्न होटलसँग सहमति भएको र आन्तरिक तयारी पूरा भएको क्यासिनो व्यवस्थापनले जानकारी दिएको छ। अलफ्ट काठमाडौंमा मकाओको क्यासिनो आउने तय भइसकेको छ भने यसले आवश्यक तयारी पूरा गरेर सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाउन थालेको पाण्डेले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.