एनसेलले ल्यायो‘एनसेल फर बिजनेस’

एनसेलले ल्यायो‘एनसेल फर बिजनेस’

काठमाडौं : एनसेल प्राइभेट लिमिटेडले ‘एनसेल फर बिजनेस’ सेवा सुरु गरेको छ। सोल्टी होटलमा आयोजित समारोहमा विशिष्ट व्यक्ति, कूटनीतिक नियोगका प्रतिनिधि, उद्योगी व्यवसायी र सञ्चार क्षेत्रका विशिष्ट व्यक्ति उपस्थित थिए। कार्यक्रमको आरम्भमा लाइभ ज्याज ब्यान्डको सुमधुर संगीतले स्वागत गरिएको थियो।

साउथ इस्ट एसिया टीएमटी, सिटी गु्रप इन्भेस्टमेन्ट बैंकिङका निर्देशक आयुष झुनझुनवालाले डिस्रप्टिभ एन्ड इमर्जिङ टेक्नोलोजी ट्रेन्ड्सबारे प्रस्तुति दिएका थिए। प्रविधिले प्रत्येक क्षेत्र र व्यवसायलाई कसरी प्रभाव पारिरहेको छ भन्नेबारे बताइएको थियो।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले ‘एनसेल फर बिजनेस’को लोगो अनावरण गरेका थिए। डिजिटल विश्वले उत्प्रेरकका रूपमा कसरी काम गरेको छ, अवसरको सिर्जना, उत्पादकत्वमा वृद्धि आदिबारे प्रकाश पारेका थिए। एनसेल ब्रान्डको सार ‘आज, भोलि, सधंै सँगै’ बारे जानकारी गराइएको थियो। ‘हामी सबै व्यवसायलाई सहयोग गर्छाैं। हाम्रो प्रविधि, वस्तु तथा सेवामार्फत व्यवसाय सञ्चालन गर्न उद्यमीेज ग्राहकसँग साझेदारी गर्छाैं’, उनले भने।

चोङले ‘एनसेल फर बिजनेस’ मार्फत नविन उद्यमीेज सेवा ल्याउन पाउँदा हर्षित भएको उल्लेख गरे। यसले उद्यमीेज ग्राहकलाई उनीहरूको लक्ष्य प्राप्ति गर्न सहयोग गर्छ। त्यसका लागि चहिने पूर्वाधार, नेटवर्किङ, नयाँ प्रविधिमा पहुँच र प्रतिस्पर्धी बजारमा यो सेवाले सहयोग गर्नेछ। एनसेल फर बिजनेस (एनफोरबी) विश्वस्तरीय सेवा र कनेक्टिभिटीका लागि सुरु गरिएको हो।

एनसेलले आफ्नो यस सेवामार्फत व्यवसाय वृद्धिका लागि पूर्वाधार प्रदान गर्छ। यसअन्तर्गत उद्यमी ग्राहकले एनसेलका नविन सेवा सुविधा लिई आफ्नो सेवा विस्तार गर्न सक्छन्।

फोरजी सेवा विस्तार गरेपछि एनसेलले उद्यमी ग्राहकलाई फिक्स्ड कनेक्टिभिटी सेवा ल्याएको छ। यसअन्तर्गत इन्टरनेसनल प्राइभेट लिज्ड सर्भिस (आईपीएलसी), डोमेस्टिक लिज्ड सर्भिस (डीएलसी)÷भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन), ब्रोडब्यान्ड इन्टरनेट, ब्यान्डविथ अन डिमान्ड, वेब एप्लिकेसन फायरवाल, युनिफाइड थ्रेट म्यानेजमेन्ट, सफ्टवेयर डिफाइन्ड वाइड एरिया नेटवर्किङ (एसडि वान) र इथरनेट भर्चुअल प्राईभेट नेटवर्क (ईभीपीएन) जस्ता सेवा उपलब्ध छन्।

म्यानेज्ड सर्भिसअन्तर्गत एनसेलले म्यानेज्ड वाइफाइ, भिडियो कन्फ्रेन्सिङ सेवा प्रदान गर्नेछ। त्यस्तै, आईओटी सेवाअन्तर्गत भेहिकल ट्र्याकिङ सिस्टम (भीटीएस) ल्याएको छ।

यसैगरी मोबिलिटी योजनाअन्तर्गत आफ्नो नेटवर्कभित्र अनलिमिटेड कल र म्यासेजिङ, डेटा र प्रिमियम सेवा प्रदान गर्नेछ। एनसेल डेटा सेन्टर सोलुसन्स अन्तर्गत नेपालमा रहेका व्यवसायहरुले एनसेलको विश्वसनिय र सुरक्षित डेटा सेन्टरमा आफ्नो सर्भर राखि इमेल तथा सुरक्षित होस्टिङ सेवा लिन सक्नेछन्।

उद्यमी ग्राहकका लागि गुणस्तरीय सेवा सुनिश्चित गर्दै एनसेलले अहिलेसम्मकै ठूलो इन्टरनेट प्रोटोकलमा आबद्घ मल्टी पपोर्स लेबल स्वीचिङ (एमपीएलएस) नेटवर्क पनि बनाएको छ। एनसेलले ल्याएको नयाँ सेवा भ्वाइस सेवामा मोबिलिटी, डेटा, एसएमएस, डेटा सेन्टर सोलुसन्स, म्यानेज्ड सर्भिसका लागि फिक्स्ड कनेक्टिभिटी, सञ्चार सेवालाई सजिलो बनाउन इन्टरनेट अफ थिङ्स (आईओटी) र व्यवसायको उत्पादकत्व बढाउनमा केन्द्रित छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.