साइबर सुरक्षा अनुगमन केन्द्र सञ्चालन

साइबर सुरक्षा अनुगमन केन्द्र सञ्चालन

काठमाडौं : राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र सञ्चालनमा आएको छ। नेपालमा साइबरसँग सम्बन्धित समस्या आउन नदिन र आएको साइबर समस्यालाई समाधान गर्ने उद्देश्यका साथ बुधबार उक्त केन्द्र सञ्चालनमा ल्याइएको हो। यसको उद्घाटन सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले गरेका छन्।

सूचनाप्रविधि आकस्मिक सहायता समूह सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७५ बमोजिम अनुगमन केन्द्रको स्थापना गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार आवश्यकता र औपचारिकता आधारमा सरकारी, निजी, वित्त, सुरक्षालगायत विभिन्न क्षेत्रसँग सम्बन्धित क्षेत्रीय साइबर सुरक्षा अनुगमन केन्द्र सम्बन्धित क्षेत्रले क्रमशः स्थापना गर्दै जानेछन्। ती क्षत्रीय अनुगमन केन्द्रलाई राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्रसँग आबद्ध गरी साइबर आक्रमण र त्यसको सम्भावना सम्बन्धमा अनुगमन गर्ने उद्देश्यका साथ यसको स्थापना गरिएको हो।

तिवारीका अनुसार सूचनाप्रविधि आकस्मिक सहायता समूह सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७५ ले साइबर सुरक्षासम्बन्धी घटनामा तत्काल सहायताका लागि सरोकारवाला समेतको सहभागीतामा मन्त्रालयमा एक राष्ट्रिय सूचनाप्रविधि आकस्मिक सहायता समूहको व्यवस्था गर्नुको साथै सहायता समूहको काम कारबाही अनुगमन गरी आवश्यक निर्देशन दिन मन्त्रालयका सचिवको संयोजकत्वमा एक निर्देशक समिति गठन हुने व्यवस्था गरेको छ। त्यसैका आधारमा राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्रले निर्देशक समितिले तोकेको संवेदनशील सूचना तथा सञ्चार पूर्वाधारमा हुन सक्ने सुरक्षा चुनौति तथा खतरासम्बन्धी, सरकारी वेबसाइट, वेब–एप्लिकेसन तथा वेब–सर्भिसेज, निर्देशक समितिले तोकेका अन्य महŒवपूर्ण क्षेत्रमा हुनसक्ने सुरक्षा चुनौति तथा खतरालाई रोकथाम गर्ने बताए।

उनका अनुसार यस केन्द्रले कुनै संस्थाले अनुरोध गरेबमोजिम निजको सूचना तथा सञ्चारप्रविधि प्रणाली सम्बन्धित नेपालभित्र रहेका सूचनाप्रविधि प्रणालीमा हुनसक्ने सम्भावित क्षति वा आक्रमणबारे पूर्व सूचनासम्बन्धी र निर्देशक समितिले तोकेका अन्य विषयमा अनुगमन गर्ने कार्य गर्नेछ। यसरी अध्ययन गर्दा कुनै किसिमको खतरा देखा परेमा तत्कालै संस्थालाई जानकारी गराई आवश्यक सुरक्षा व्यवस्थाका लागि काम गर्ने उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.