तेश्रो जिल्लासभा सम्पन्न

तेश्रो जिल्लासभा सम्पन्न

बैतडी : बैतडीलाई धार्मिक पर्यटकीय जिल्लाको रुपमा विकसित गर्ने नीति निर्णय गर्दै तेश्रो जिल्लासभा सम्पन्न भएको छ। जिल्ला सदरमुकाम गोठालापानीमा भएको सभाले जिल्ला समन्वय समितिको कामलाई प्रभावकारी बनाउन सबैसँग सहकार्य गर्ने नीति समेत अख्तियार गरेको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए।

तेश्रो जिल्लासभामा बोल्दै उनले भने,'जिल्ला समन्वय समितिको भूमिकालाई हामीले फराकिलो बनाउनुपर्छ। यसका लागि केन्द्रीय र प्रदेश सरकारको ध्यान जानु आवश्यक छ। जिल्ला समन्वय समितिलाई प्रभावकारी निकायको रुपमा अघि बढाउन स्थानीय सरकारको भूमिका पनि उत्तिकै छ।'

यस्तै, जिल्ला समन्वय समितिका तर्फबाट अनुगमन कार्यलाई पनि प्रभावकारी बनाउने निर्णय भएको जिल्ला समन्वय समितिका सदस्य रमेश बोहराले बताए।साथै जिल्लाका सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी मिलानका लागि आवश्यक पहल गर्ने जिल्लासभाले निर्णय गरेको छ। 

सभामा बोल्दै बैतडी क्षेत्र नं (क)का प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्टले जिल्ला समन्वय समितिलाई जिल्लाको समन्वयकारी निकायको रुपमा स्थापित गर्न पहल गर्ने बताए। सभामा जिल्लाका १० वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जिल्ला समन्वय समितिका सदस्यलगायतको सहभागिता थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.