प्राध्यापक संगठनको विवादले कार्यक्रममा प्रधानमन्त्री अनुपस्थित

प्राध्यापक संगठनको विवादले कार्यक्रममा प्रधानमन्त्री अनुपस्थित

काठमाडौं : दुई खेमामा रहेका प्राध्यापकको झगडाका कारण नेपाल प्राध्यापक संघको बिहीबार हुने भनिएको अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएनन्। 

प्रतिनिधि छनोटमा संघको संस्थापन पक्षले एकलौटी गरेको आरोप लगाउँदै वामपन्थी प्राध्यापकको संगठन नेपाल राष्ट्रिय प्राध्यापक संगठन, नेपाल प्रगतिशील प्राध्यापकसँग, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघले अधिवेशन बहिष्कार गरेको थियो। 

सत्तारुढ दल निकटका प्राध्यापक नै बहिष्कारमा उत्रिएपछि  प्रधानमन्त्री ओली र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलसमेत कार्यक्रममा गएनन्। 

प्रतिनिधि विवादको विषय मिलाउन संघको संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच अहिले छलफल भइरहेको संघका कोषाध्यक्ष किशोर गौतमले जानकारी दिए। 

संघको अधिवेशन राष्ट्रिय सभागृहमा हुने कार्यक्रम छ। प्रत्येक तीन वर्षमा हुनुपर्ने संघको अधिवेशन २०६९ सालदेखि हुन सकेको छैन। 

पत्रकार सम्मेलनमा सहभागी असन्तुष्ट प्राध्यापक।
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.