त्रिवि उपकुलपति कार्यालयमा ताला

त्रिवि उपकुलपति कार्यालयमा ताला

काठमाडौं : त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागमा सञ्चालित विभिन्न परियोजनाहरुमा अनियमितता गर्नेलाई कारवाहीको माग गर्दै नयाँ शक्ति विद्यार्थी युनियनले बिहीबार उपकुलपति कार्यालयमा ताला लगाएको छ।

परियोजना सञ्चालनको क्रममा अनियमितता भएको छानविन समितिको प्रतिवेदनले देखाएपनि त्रिवि कार्यकारी परिषद्ले सम्बधित व्यक्तिलाई कारवाही गर्नुको सट्टा प्रश्रय दिएको उनीहरुको आरोप छ। कार्यकारी परिषद्को अध्यक्षता उपकुलपतिले गर्ने भएका कारण कारवाहीको पहल उपकुलपतिले नै गर्नुपर्ने उनीहरुको माग छ।

विभागका निवर्तमान प्रमुख लयप्रसाद उप्रेती, अनुसन्धान अध्यक्ष विनोद पोखरेल, लेखा अधिकृत रत्नादेवी कडेँल र वर्तमान विभागीय प्रमुख डम्बर चेमजोङलाई कारवाही गर्नुपर्ने आन्दोलनकारीको माग छ। उनीहरुले त्रिविको लेटर हेड र छापको दुरुपयोग गरेको विद्यार्थीको आरोप छ।

हेर्नुहोस् विज्ञप्ति...


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.