४७ स्थानमा उपनिर्वाचनको तयारी, मतदातामा नाम दर्ता गर्न आग्रह
काठमाडौं : निर्वाचन आयोगले विभिन्न कारणले रिक्त ४७ स्थानमा उपनिर्वाचनको तयारी गरेको छ। प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष ४, नगरपालिकाका प्रमुख १ र वडाध्यक्ष ३८ पद रिक्त रहेको आयोगले जनाएको छ।
आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति तथा कार्यक्रममा यही वर्षभित्र उपनिर्वाचनका काम सम्पन्न गरिने उल्लेख छ। आयोगले संघ, प्रदेश र स्थानीय तहका लागि २०७४ मा निर्वाचन गरेको थियो।