वेस्ट इन्डिजलाई सान्त्वना जित, अफगानिस्तान अंकविहीन

वेस्ट इन्डिजलाई सान्त्वना जित, अफगानिस्तान अंकविहीन

लन्डन : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत बिहीबार भएको खेलमा वेस्ट इन्डिज विजयी भएको छ । सेमिफाइनल होडबाट बाहिरिसकेको वेस्ट इन्डिजले समूह चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई २३ रनले पराजित गरेको हो ।

जारी विश्वकपमा वेस्ट इन्डिजको दोस्रो जित हो । आफूले खेलेका नौ खेलमा वेस्ट इन्डिजले ६ खेलमा पराजय बेहोरेको थियो भने एक खेल वर्षाका कारण रद्द हुँदा अंक बाँड्न बाध्य बनेको थियो । दोस्रो पटक विश्वकपमा सहभागिता जनाएको अफगानिस्तानले भने नौ वटै खेलमा पराजय बेहोर्‍यो ।

लिड्सस्थित हेडिङ्लीमा वेस्ट इन्डिजले दिएको ३१२ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले ५० ओभरमा अलआउट हुँदै २८८ रन मात्र बनाउन सक्यो । अफगानिस्तानका इक्रम अली खिल र रमात साहले अर्धशतकीय पाली खेले । कप्तान गुलबद्दिन नइब पाँच रनमा पेभेलियन फर्किएपछि क्रिज समाल्न मैदान छिरेका खिलले आक्रामक ब्याटिङ गर्दै ९३ बलमा आठ चौकाको मद्दतमा ८६ रन बनाए । यसैगरी रमात साहले ७८ बलमा १० चौकाबाट ६२ रन बनाए । यस्तै अस्घर अफघानले ४०, नाजिबुल्लाह जाडरनले ३१ र सैयद सिर्जादले २५ रन बनाए ।

वेस्ट इन्डिजका कार्लोस बेथवेटले चार विकेट लिए । यसैगरी केमार रोचले तीन तथा क्रिस गेल र ओसाने थोमसले एक÷एक विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३११ रनको योगफल खडा गरेको थियो । वेस्ट इन्डिजका लागि इभिन लेविस, साई होप र निकोलस पुरनले अर्धशतकीय पाली खेले।

प्रारम्भिक ब्याट्सम्यान लेविसले ७८ बलमा दुई छक्का र ६ चौकाको मद्दतमा ५८ रन बनाए । यसैगरी साई होपले ९२ बलमा दुई छक्का र ६ चौकाबाट ७७ तथा आक्रामक ब्याटिङ गरेका पुरनले ४३ बलमा एक छक्का र ६ चौकाबाट ५८ रन बनाए । यसैगरी कप्तान जासन होल्डरले ४५, सिमरन हेटमायरले ३९, कार्लोस बेथवेटले १४ र प्रारम्भिक ब्याट्सम्यान क्रिस गेलले सात रन बनाए ।

अफगानिस्तानका दौलत जाडरनले दुई विकेट लिए । यसैगरी सैयद सिर्जाद, मोहम्मद नाबी र रासिद खानले एक÷एक विकेट हात पारे ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.