फेरियो भैरहवाको मुहार

फेरियो भैरहवाको मुहार

भैरहवा : लुम्बिनीको प्रवेशद्वार भैरहवा सहरको स्वरुप फेरिएको छ। थोत्रा सडक र डुबानले अस्तव्यस्त देखिने भैरहवाको स्वरुप अहिले बदलिएको छ। आकर्षक सडक, नाली, वृक्षरोपण र रंगरोगन भएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसमेत रहेको भैरहवा मुलुककै दोस्रो ठूलो आर्थिक केन्द्र मानिन्छ।

२ अर्ब ३८ करोडको लागतमा भैरहवाको सौन्दर्यकरण भएको हो। सिद्धार्थनगर नगरपालिकामा क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत एसियाली विकास बैंकले ऋण÷अनुदानमा लगानी गरेको छ। सन् २०१७ मा एडीबी र संघीय सरकारबीच सम्झौता भएर यो कार्यक्रम मुलुकका तीन सहरमा लागू भएको थियो। आयोजना सन् २०२० जुनमा सक्ने लक्ष्य थियो।

आयोजनाको ९३ प्रतिशत काम सकिएकाले ६ महिना अगावै पूरा हुने आयोजना व्यवस्थापक बरिष्ठ इन्जिनियर शैलेन्द्रप्रसाद श्रेष्ठले बताए। आयोजना अन्तर्गत ३५ किलो मिटरका ४२ वटा सडक पुनर्निर्माण र दुवैतर्फ नाला, फुटपाथ, ७० किलो मिटर खानेपानीको पाइप बिछ्याउनु पर्ने र १२ किलो मिटर सतह ढल निर्माण गर्नुपर्ने सम्झौता भएको हो। अहिलेसम्म ४० वटा सडक बनिसकेका छन्। ‘बाँकी दुईवटा सडकको काम पनि छिट्टै सुरु हुँदैछ, साउन १५ भित्रै आयोजनाका सबै काम सकिन्छ’, श्रेष्ठले भने।

नगरमा अहिले चौडा सडकहरु क्षेत्रीय सहरी विकास आयोजनाबाट बनाइएको छ भने त्यसभन्दा साना सडक सघन सहरी कार्यक्रम अन्तर्गत र आन्तरिक स्रोतबाट बनिरहेका छन्। सघन र सहरी विकास अन्तर्गत १ अर्ब १३ करोडमा ३७ किमी सडक बनाइँदै छ। यस्तै, आन्तरिक स्रोतबाट १३ करोडमा ८ किमी सडक बनाइएको छ। यसअघि सन् २०१२–०१७ सम्म एडीबीले सरकारसँग ऋण तथा अनुदान सम्झौता गरी नगरपालिकामा एकीकृत सहरी विकास आयोजना सञ्चालन गरेको थियो। करिब ८० करोड लागतमा नगरमा १० किलो मिटर जीर्ण सडक पुनर्निर्माण, ४१ किलोमिटर सतह ढल निर्माण, सडकको दुबैतर्फ गरी २० किलो मिटर खानेपानी पाइप विस्तार गरिएको थियो। यो आयोजना पनि चाइना गोन्जाउ शर्मा जेभीले सम्पन्न गरेको थियो।

५ वर्षे एकीकृत सहरी विकास आयोजना तोकिएको समयमै सम्पन्न गरेको भन्दै एडीबीले सरकारसँग नयाँ सम्झौता गरी २०१७ बाटै क्षेत्रीय सहरी विकास आयोजना सञ्चालन गरेको हो। दोस्रोपटक आयोजना सञ्चालित भएपछि नगरका सडक आकर्षक बनेका छन्। मुख्य सडक ६ मिटरदेखि २८ मिटरसम्म चौडा बनाइएको छ। ४ फिटदेखि ६ फिटसम्मको सतह ढल बनाइएको छ। ‘प्राविधिक हिसावले सडकको आयु ३ वर्ष दिइन्छ तर नगरमा बनेका सडक १० वर्षभन्दा धेरै टिक्नेछन्’, आयोजना उप–व्यवस्थापक यमलाल पाण्डेले भने।

माटोको गुण अनुसार कमजोर माटो भएको सडकमा आरसीसी ढलाई गरिएको छ। मजबुत माटो भएको सडकमा पिच गरिएको छ। विद्युत् र टेलिफोनको पोल व्यवस्थित गरिएको छ। ‘आयोजना समय अगाबै सकिँदैछ, नगर सुन्दरीकरण भएको छ। यसलाई दिगो बनाउन हामीले विशेष योजना बनाएर अघि बढ्दै छौं’, नगर प्रमुख हरिप्रसाद अधिकारीले भने, ‘जथाभावी फोहोर नफाल्ने, सडकै निर्माण सामाग्री र मोविलहरु नपोख्ने गरेमा दिगो हुन्छ। यसका लागि नगरबासीलाई सचेत गराउँछौं। नटेर्नेलाई कारबाही गर्छौं।’

भैरहवा सधै डुबानमा पर्ने क्षेत्र हो। अब नगरमा बनेका सतह ढलले २४ करोड लिटर पानी बहन सक्ने क्षमता राख्छन्। प्रति घण्टा १ सय ५० मिलीलिटर पानी परे थेग्न सक्ने क्षमता यसको छ। सबै नाला बनिसके पछि नगरपालिका डुबानमुक्त हुने प्रमुख अधिकारीले बताए। क्षेत्रीय सहरी, आन्तरिक स्रोत, सघन सहरी र यसअघि सम्पन्न एकीकृत सहरी विकास आयोजनाबाट अहिलेसम्म ८० किमी सडक फराकिला बनाइ आरसीसी तथा कालोपत्रे गरिएको छ। बाँकी सडक ग्राभेल गरिएको छ। ‘अब ल्याण्डफिल्ड साइट र आधुनिक अटोभिलेज निर्माणको काम थालिनेछ, नगर प्रमुख अधिकारीले भने, यी आयोजनापछि भैरहवा लुम्बिनी आउने पर्यटक स्वागत गर्ने सुन्दर सहर बन्नेछ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.