छातीमा समस्या भएपछि काठमाडौं महानगरकी उपमेयर अस्पताल भर्ना
काठमाडौं : छातीमा समस्या भएपछि काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) बिहीबार राति अस्पताल भर्ना भएकी छन्।
राति ९:३० बजे उपमेयर खड्गी नर्भिक अस्पताल भर्ना भएको र स्वास्थ्यमा सुधार भइरहेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए। ‘छातीमा समस्या भएपछि बिहीबार राति ९ ३० बजे अस्पताल भर्ना हुनुभएको हो। स्वास्थ्य सामान्य छ’, प्रवक्ता डंगोलले भने, ‘चिकित्सकले चेकजाँच भइसकेको तर रिपोर्ट आउन बाँकी नै भएको बताएका छन्।’