टीकापुर नगरपालिकाले एनआइसीयु सञ्चालन गर्ने

टीकापुर नगरपालिकाले एनआइसीयु सञ्चालन गर्ने

टीकापुर : टीकापुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७का लागि ७४ करोड, २९ लाख ६ सय ९३ रुपैयाँको बजेट ल्याएको छ। शुक्रबार भएको पाँचौं नगरसभामा उपप्रमुख केशरी रावल विष्टले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन्। उनले आगामी कुल बजेटमध्ये चालूतर्फ ४२ करोड ६९ लाख ३८ हजार २ सय ६८ र पूँजीगततर्फ ३१ करोड ५९ लाख ६२ हजार ४ सय २४ रुपैयाँ विनियोजन गरेको जानकारी दिइन्। 

बजेटमा टीकापुर अस्पतालमा विशेषज्ञ डाक्टरसहितको एनआईसीयु सञ्चालन गर्ने कार्यक्रम समावेश गरिएको छ। कोरियाली सहयोगी संस्था कोइकाको सहयोगमा टीकापुर अस्पतालमा निर्मित एनआईसीयु सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको थिएन। सेवा सञ्चालनका लागि नगरपालिकाले ३८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। 

गत वर्ष समेत नगरपालिकाले मासिक २ लाख रुपैयाँ सेवा सुविधा दिएर अस्पतालमा बालरोग विशेषज्ञ डाक्टरबाट सेवा दिँदै आएको थियो।  कार्यक्रममा आधारभूत पूर्वाधारयुक्त नगरको विकास गर्ने, कृषि तथा पशुपालनमा नगरलाई आत्मनिर्भर बनाउने, पर्यटकीय नगरीको रुपमा विकास गर्ने, एक वडा एक गौरबको सडक योजना, एक वडा एक नमूना सामुदायिक विद्यालय, मेयर प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रमलाई जोड दिइएको छ।

त्यस्तै, कार्यक्रममा उपमेयर अनाथ, असहाय छात्रवृत्ति कार्यक्रम, बालविकास शिक्षिकाका लागि मासिक थप दुई हजार प्रोत्साहन भत्ता र आमासँग उमपेयर कार्यक्रमलाई जोड दिइएको छ। बालविवाह न्यूनिकरणका लागि हाम्री छोरीः प्यारी छोरी कार्यक्रम, छाउपडीमुक्त नगरपालिका, एक वडा एक बगैंचाजस्ता कार्यक्रम ल्याएको छ। 

सभाले आउँदो वर्ष एक वडा एक कालोपत्रे सडकका लागि ९ करोड २७ लाख बजेट छुट्टयाएको छ। नगरभित्रका सडकको स्त्तरोन्नतिका लागि ८० लाख, कार्यालय परिसर स्त्तरोन्नति र व्यवस्थापनका लागि ७५ लाख सपिङ्ग कम्पलेक्स निमार्णका लागि ६५ लाख सडक बत्तीका लागि ५० लाख  बजेट विनियोजन गरेको छ।

शिक्षा विकासका लागि २० करोड ४६ लाख ५० हजार बजेट छुट्टयाएको छ। एक वडा एक नमूना विद्यालय, मेयर प्राविधिक छात्रवृत्रि, उपमेयरअनाथ, असहाय छात्रवृति, मेयर उपमेयर कप, राष्टपति रनिङ्ग शिल्डका लागि बजेट विनियोजन गरेको छ। 

कृषि क्षेत्रको विकास, विस्तारका लागि १ करोड ५९ लाख  ४७ हजार ९ सय ४६ रुपैयाँ छुट्टयाएको छ।बजेटको आम्दानी तर्फ संघीय सरकारको सशर्त अनुदान २३ करोड ६२ लाख, वित्तीय समानिकरण अनुदान १९ करोड २१ लाख, राजश्व बाँडफाड १४ करोड ११ लाख, प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदान ७९ लाख ९७ हजार, राजश्व बाँडफाड १ करोड १० लाख, ४७ हजार घरजग्गा रजिष्ट्रेशन राजश्व बाँडफाड ४ करोड ३३ लाख रहेको छ। 

स्थानीय तहले अवलम्वन गर्ने सबै प्रक्रिया पुरा गरेर, नगरवासीका मागलाई श्रोत साधनले भ्याएसम्म समेट्ने प्रयत्न गरिएको नगर प्रमुख तपेन्द्रबहादुर रावलले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.