जिनियस प्रियंका

जिनियस प्रियंका

अरू हल्ला मात्र गर्छन्, प्रियंका कार्की भने हल्ला मात्र होइन काम पनि गर्छिन्। धेरै हिरोइनले फिल्मको पटकथा लेख्ने गफ दिए तर कसैले त्यो गफ पूरा गरेनन्। प्रियंकाले कहीँ बोलेकी थिइनन् पूरा गरेर देखाइन्।

केही वर्षपहिले बेनिशा हमालले आफूले पटकथा लेखिरहेको र थुप्रै निर्माता–निर्देशक आफ्नो लेखनमा फिल्म बनाउन उत्सुक रहेको बताएकी थिइन्। बेनिशाले पटकथा लेख्न थालेको पाँच वर्ष हुन लागिसक्यो तर आजसम्म उनको कथामा फिल्म बनाउने मान्छे भेटिएका छैनन्।

केही दिनअघि पारामिता राणाले पनि फिल्मको स्क्रिप्ट लेखिरहेको बताएकी छिन्। थाहा छैन, उनको स्क्रिप्ट बेनिशाको जस्तो लेखेको लेख्यै हुन्छ कि पूरा पनि हुन्छ। तर, प्रियंकाले भने चुपचाप एउटा सिरिजको स्क्रिप्ट सकाइसकेकी छिन्।

उनले लेखेको स्क्रिप्टमा आठ भागको वेब सिरिज तयार हुन लागेको छ। उनले सामाजिक सञ्जालमा वेब सिरिजको पोस्टर सार्वजनिक गर्दै आफ्नो नयाँ प्रतिभाबारे जानकारी गराएकी हुन्। ‘जस्ट एनोदर लभ स्टोरी’ शीर्षकको बेव सिरिजमा प्रियंका लेखकसँगै निर्माता र निर्देशकको अवतारमा देखिनेछिन्। अब प्रियंकालाई जिनियस नमानेर सुख पाइयो !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.